वीपीमा शुक्रबार बिहानै २ जना कोरोना संक्रमितको मृत्यु

<span class='c1'>वीपीमा शुक्रबार बिहानै २</span> <span class='c2'>जना कोरोना संक्रमितको मृत्यु</span>

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारतः कोरोना संक्रमित दुईजना नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा कमल गाउँपालिका–३  निवासी ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका–५ निवासी ५६ वर्षीया महिला हुनुहुन्छ ।
प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार झापा कमल गाउँपालिकाका पुरुषको शुक्रबार बिहान ३ः४५ बजे र बेलबारी निवासी महिलाको ३ः१४ बजे मृत्यु भएको हो ।

खोकी, श्वास फेर्न समस्या र ज्वरो आएपछि बीएण्डसी टिचिङ अस्पतालमा भर्ना हुनु भएका कमल गाउँपालिका–३ का पुरुषमा भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि वीपीमा ३ गते नै भर्ना गरिएका उहाँको आज मृत्यु भएको हो ।
मृगौलाको दिर्घ रोगी मृतक पुरुषमा उच्च रक्तचाप, मधुमेह र अल्प रक्त कोशीकाको समस्या समेत रहेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

यसैगरी मोरङ बेलबारी–५ की महिलालाई कोशी अस्पताल विराटनगरबाट धरानस्थित वीपीमा ९ गते रिफर गरिएको थियो । श्वास फेर्न समस्या र ज्वरो आएपछि कोशीमा भर्ना हुनु भएकी उहाँमा कोरोना संक्रमण समेत भदौ ९ गते नै पुष्टि थियो । उपचारका क्रममा उहाँको पनि शुक्रबार बिहान मृत्यु भएको हो ।

वीपीमा उपचारतः दुवै जनाको शुक्रबार बिहान निधन भएपछि शव व्यवस्थापनको काम नियमानुसार अगाडी बढेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
योसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या २६ पुगेको छ । त्यसमध्ये पाँच महिला १५ जना पुरुष गरि २० जना प्रदेश १ वासी र एक महिला ५ पुरुष प्रदेश २ का हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्