१६ वर्षीया बालिकालाई करणी

<span class='c1'>१६ वर्षीया</span> <span class='c2'>बालिकालाई करणी</span>

विराटनगर । मोरङको बेलबारी नगरपालिका लक्ष्मीमार्गको जङगलमा १६ बर्षीया बालिकामाथि करणी भएको छ ।
बेलबारी नगरपालिका –११ लक्ष्मीमार्गकी बालिका ३ जना बालकसँग गत मंगलबार जङगलमा निगुरो टिप्न गएको बेला करणी भएको हो ।
बालिकालाई करणी भएको कुरा भने बालकहरु आफैंले हाँसठठ्टा गर्दै सार्वजानिक गरेपछि खुलेको हो ।

बालिकामाथि चिनजानकै ४० वर्षीय होम तामाङले समेत जङगलमा करणी गरेको आरोप लागेको छ । बालिकाले जंगलमा निगुरो टिप्न छिमेकमै रहेका नातामा आफन्त पर्ने ११, १२ र १३ वर्षका भाईहरुलाई लिएर गएकी थिइन् ।
प्रहरीका अनुसार उनीहरुसँगै रहेका बालकहरुले हाँसठठ्ठा गरिरहेका बेला तामाङ पनि त्यहाँ पुगेका थिए । त्यतिकैमा बालकहरुलाई यौन जिज्ञासु बनाउँदै तामाङले बालिकालाई यसो र त्यसो गर्न भनेको थिए ।

बालकहरुले तामाङले नै भनेजस्तो गरेपछि उनले पनि बालिकालाई करणीको प्रयास गरेको खुलेको छ, इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले भन्नुभयो–जंगलमा भएको कुरा बालकहरुले हाँसठट्टामा गाउँघरमा भनेपछि कुरो खुलेको हो, पीडित भनिएकी बालिकाको अवस्था सामान्य छ ।
मानिसको आवतजावत कम हुने एकान्त जंगलमा तामाङले बालकहरुलाई उकाकेको र पछि आफैं पनि बालिकालाई करणीको प्रयास गरेको कुरा घर फर्किएपछि बालकहरुले सुनाएका थिए ।

 

घटनाका बारेमा थाहा भएपछि बालिकाका अभिभावक र आफन्तले इलाका प्रहरी कार्यालय बेलबारीमा तामाङविरुद्ध बुधबार किटानी जाहेरी दिएका छन् । प्रहरीले घटनाका बारेमा बालकहरुसँग पनि सोधपुछ गरिरहेको छ । प्रनि ढकालका अनुसार आफूहरुलाई दिदीमाथि जबरजस्ती बलात्कार गर्न बाध्य पारेको बालकहरुले बताएका छन् ।
घटना सार्वजानिक भएपछि संलग्न तामाङ फरार रहेका छन् । उनको खोजी कार्य भईरहेको प्रहरीले जानकारी दिइएको छ । बलात्कार भन्दा पनि करणी भएको हो, प्रहरी निरीक्षक ढकालले भन्नुभयो–अनुसन्धान गरिरहेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्