विराटनगरका सडकमा खुला छाडिएका चौपायको घाटीमा रातो माला (फोटो फिचरसहित)

<span class='c1'>विराटनगरका सडकमा खुला छाडिएका चौपायको</span> <span class='c2'>घाटीमा रातो माला (फोटो फिचरसहित)</span>

विराटनगर । विराटनगर महानगरभित्र खुला छाडिएका चौपायहरुका लागी ट्राफिक प्रहरीले रातमा टल्कने माला घाँटीमा बाध्न थालेको छ ।
बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न यो अभियान विराटनगरमा सुरुवात गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक राकेश कुमार पोद्धारले जानकारी दिनुभयो ।


महानगरमा खुला छाडिएका चौपाय राख्ने ट्रान्जिट हाउस समेत नहुदाँ समस्या हुदै आएको छ । विराटनगर महानगरले कहिले काँही सडकमा छाडिएका गाईवस्तुलाई नियन्त्रण लिई चौपायका धनीलाई जरिवाना काटेर छाड्ने गरेको छ । जरिवाना काटेपनि चौपायहरु सडक मै छाड्ने र यसले धेरै नै सवारी दुर्घटना नित्याउने गरेको छ । केही दिन अघि पनि विराटनगर बसपार्कमा खुला छाडिएका चौपाय कै कारण सवारी दुर्घटना भएको ट्राफिक प्रमुख पोद्धारले बताउनुभयो ।

यसैबीच पोद्धारको नेतृत्वमा पुगेको ट्राफिक प्रहरीको समुहले विराटनगर ७ घाँस चौकमा खुला छाडिएका चौपायलाई नियन्त्रणमा लिदै घाटीमा टल्कने माला लगाएको छ । घाँटीमा बाधिएको मालाले केही हदसम्म सवारी दुर्घटना न्युनिकरण हुन सक्छ भन्ने उद्देश्यका साथ यो अभियायन सुरुवात गरेको ट्राफिक प्रमुख पोद्धारले बताउनुभयो । हुनत अहिले लकडाउन छ लकडाउनको बेला खासै सवारी साधन कुदेका छैनन् । तर लकडाउन खुलेपछि झनै सडकमा सवारी साधन कुद्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्