सहकारीलाई जर्बरजस्ती एसएसपी मल खरिदमा बाध्य नबनाउन निर्देशन

सहकारीलाई जर्बरजस्ती एसएसपी मल खरिदमा बाध्य नबनाउन निर्देशन

विराटनगर । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकलाई मल वितरण गर्ने सहकारीको चाहना अनुसार रासायनिक मल विक्री वितरण गर्न सल्ट ट्रेडिङ कम्पनी लिमिटेड क्षेत्रिय कार्यालय विराटनगरलाई निर्देशन दिएको छ ।
मन्त्रालयले सहकारीको अनिच्छा देखाएको मल खरिद गर्न बाध्य नबनाउन साल्ट टे«डिङलाई निर्देशन दिएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले साल्ट टे«डिङका क्षेत्रिय प्रमुख राधेश्याम चौधरीलाई बाध्यकारी नियम हटाउन आग्रह गर्नु भएको छ ।
यस अघि युरिया किन्दा सहकारीहरूलाई जबर्जस्ती सिंगल सुपर फास्फेट (एसएसपी) मल किन्न सल्ट ट्रेडिङ कम्पनी लिमिटेड क्षेत्रिय कार्यालय विराटनगरले बाध्य बनाउने गरिएको थियो ।

एसएसपी मल र साबुन खरिद नगरे सहकारीलाई यूरिया मल नदिने भएकोले सहकारीहरू बाध्य भएर मल खरिद गर्दै आएका थिए । जसले गर्दा अतिरिक्त आर्थिक भार कृषकले झेल्नु परेको थियो । एसएसपी मल नकिन्ने किसानलाई युरिया मल बिनै कतिपय सहकारीले फिर्ता पठाउने गरिएको छ । त्यसैले किसान दुवै मल किन्न बाध्य थिए ।

सहकारीहरूलाई १ सय बोरा युरिया खरिदमा अनिवार्य २५ बोरा एसएसपी र ६ कार्टुन साबुनको बिल काटने गरेको थियो । शुक्रबारदेखि साल्ट टे«डिङको बाध्यकारी नियम हटेको हो । मोरङ बेलबारीका सुक्रपथ कृषि सहकारीका संचालक लाक्पा भुटियाले शुक्रबारदेखि स्वेच्छाले रासायानिक मल खरिद गरेको बताए । ‘यसअघि यूरिया मल खरिदमा २५ प्रतिशत डिएपीको बिकल्पको रूपमा एसएसपी खरिद गरेर लैजानुपर्ने बाध्यकारी नियम थियो,’ साल्ट टे«डिङमा मल खरिद गर्न आएका सहकारी संचालक भुटियाले भने, ‘शुक्रबारदेखि बाध्यकारी नियम हटेछ । त्यही भएर अहिले कृषकलाई आवश्यक परेको यूरिया मल हो । मैले त्यही मात्र लगेको छु ।’

साल्ट्र टे«डिङमा तीन थरी मुल्य पर्ने एसएसपी मल छ । प्रतिबोरा ९ सय ६०, १ हजार २० र १ हजार ४० रुपैयाँको एसएसपी मल रहेको छ । गतवर्षकै साल्ट टे«डिङमा ११ हजार ९ सय बोरा अर्थात ५ सय ९५ मेट्रिक्टन एसएसपी मल स्टक रहेको छ । गैरअनुदानको एसएसपी मल कोटा अनुसार विक्री गर्दा कम्पनीले विदेश घुमाउन र कर्मचारीलाई निश्चित कमिसन दिने भएकोले सहकारीलाई जवरजस्ती भिडाउने गरेको बुझिएको छ ।

साल्ट टे«डिङ क्षेत्रिय कार्यालय विराटनगरका प्रमुख राधेश्याम चौधरीले जबर्जस्ती रुपमा सहकारीहरुलाई गैरअनुदानित एसएसपी मल नभिडाइएको दावी गर्दछन् । ‘पहिले पनि जवरजस्ती भिडाएको थिइन्,’ उनले भने, ‘अहिले पनि छैन ।’ कोही पनि सहकारीले जवरजस्ती कृषकको चाहना विपरीत मल र साबुन विक्री वितरण गरेको पाइए त्यस्ता सहकारीलाई कारबाही गर्ने उनको भनाई छ ।

साल्ट टे«डिङ क्षेत्रिय कार्यालय विराटनगर मोरङ, सुनसरी, धनकुटा, भोजपुर, संखवुवा र तेह्रथुमा गरि ६ वटा साल्ट ट्रडिङको डिपो र २ सय ६४ वटा सहकारीलाई मल वितरण गर्दै आएको छ ।
बिहीबारसम्म ९ सय ३६ मेक्ट्रिन यूरिया मल आएको मध्ये ७० वटा सहकारीलाई ६ सय ६० मेक्ट्रिन यूरिया मल वितरण गरेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्