नोबेलका नर्सको आन्दोलन स्थगित

नोबेलका नर्सको आन्दोलन स्थगित

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरको आकस्मिक विभाग पुनः सञ्चालनमा आएको छ । आन्दोलतरत स्टाफ नर्ससँग नोबेल प्रशासनले वार्ता गरेर सहमति जनाएपछि शुक्रबारदेखि आकस्मिक विभाग सञ्चालनमा आएको हो ।

आकस्मिक विभागमा कार्यरत ५५ जना नर्सले सेवा सुविधाको माग गर्दै चारदिन अगाडीदेखि काम ठप्प पारेका थिए ।  नोबेलका प्रवन्धक नारायण दहालले प्रशासन र आन्दोलनरत पक्षबीच सहमति भएसँगै अस्पतालको आकस्मिक सेवा सुचारु भएको जानकारी दिनुभयो । प्रशासनले माग सम्बोधन गरेसँगै नोबेलका नर्सहरुले समेत आन्दोलन स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्