कसेनीमा दुई समुहबीच झडप, एकजनाको मृत्यु चार घाइते

कसेनीमा दुई समुहबीच झडप, एकजनाको मृत्यु चार घाइते

विराटनगर । मोरङको बेलबारीमा दुई समूहबीच झगडा हुँँदा एकजनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका– ५ कसेनीको लोहन्द्र पुलमा दुई समुहबीच भएको झडपमा एकजनाको मृत्यु भएको हो । शुक्रबार दिउँसोको घटनामा चार जना घाइते भएका छन् ।

दुवैतर्फका घाइतेहरुको विराट नर्सिङ होम र नोबेल अस्पताल बेलबारीमा उपचार भईरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनुभयो । धारिलो खुकुरी लागेर घाइते भएका ४० वर्षीय चन्द्रकुमार राईको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

बेलबारी–५ कसेनीका स्थानीय ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ, ३२ वर्षीय सन्तोष मगर र विक्रम राईसहितको समूह र ४० वर्षीय चन्द्रकुमार राई, ४२ वर्षीय सईकुमार राई, ३२ को समुन्द्र राई र १६ कोे गौरव राईको समूहबीच झडप भएको हो ।
सुरुमा चौधरीको समूहले खुकुरी र बन्चरो लगायतका हतियारले प्रहार गरेपछि झडप सुरु भएको थियो । दुर्व समुहबीच यस अगाडी समेत विवाद हुँदै आएको थियो ।

अघिल्ला विवादहरुकै कारण उत्पन्न रिसईबीले एक जनाले ज्यानको मृत्यु भएको छ । प्रहरीको विशेष टोली लिएर घटनास्थलमा अनुसन्धान सुरु गरिएको छ ।

घटनामा सईकुमार, समुन्द्र र गौरव गम्भीर घाइते भएका छन् । उनीहरुको विराटमै उपचार भइरहेको छ । अर्को समूहका पनि चौधरी घाइते भएका छन् । सामान्य अवस्थाका उनको बेलबारीस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न दिनेश श्रेष्ठ, सन्तोष मगर र विक्रम राई फरार छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्