विराटनगरमा ट्याङकर पड्कियो

विराटनगरमा ट्याङकर पड्कियो

विराटनगर । नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङकर विराटनगरमा आचनाक पडकिएको छ । नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५०० मिटर उत्तरमा रहेको राम अवतार मोटरर्स ग्यारेजमा ट्यांकर विष्फोट भएको हो ।


ट्याङकर पड्कँदा नजिकका वस्तीलाई थर्काएको थियो । बालबालिका तथा बृद्धामा असर समेत परेको छ ।
ग्यारेजमा पार्किङ गरिराखेको ना ४ ख ७१६६ नम्बरको ट्यांकर विष्फोट हुँदा पछाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ग्यारेज नजिकका केही घरको टिनको छानासमेत उप्किएका छन् । पड्किएको अवस्थामा ट्यांकरमा इन्धन थिएन ।

बस्तीको छेउमा मोटर ग्यारेज सञ्चालन गर्दा स्थानीयसँग सहमति नलिएको र ध्वनी र अन्य वातावरण प्रदुषण भएको भन्दै छ महिना अघि नै स्थानीयले ग्यारेज अन्यत्र स्थानान्तरण गर्न माग गरेका थिए । वडा कार्यालय र विराटनगर महानगरपालिकालाई स्थानीयले आाग्रह गरेपनि उनीहरुको माग सम्बोधन भएको छैन । शुक्रबारको घटनाले त्यहाँबाट तत्कालै ग्यारेज हटाउनु पर्ने भन्दै स्थानीयले दवाव दिएका छन् । उनीहरुले अब ग्यारेज सञ्चालन गर्न नदिने भन्दै तत्काल बन्द गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्