ठेक्का लागेको आठ वर्षपछि उर्लाबारी–मधुमल्ला सडकको मर्मत सुरु

ठेक्का लागेको आठ वर्षपछि उर्लाबारी–मधुमल्ला सडकको मर्मत सुरु

विराटनगर । उर्लाबारी–रबि सडक अन्तर्गत उर्लाबारी–मधुमल्ला सडक खण्डको १२.४ किलोमिटरको स्तरोन्नती तथा मर्मतको काम ठेक्का लागेको आठ वर्षपछि सुरु गरिएको छ ।
विगत लामो समयदेखी निमार्ण सुरु गरिएको भएपनि ठेकेदार कम्पनिका कारण स्तरोन्नती तथा निर्माणको काम अधुरै छोडिएको थियो । आठ वर्षपछि सडक मर्मतको काम पुनः सूचारु गरिएको हो ।

यो सडक २०६९ जेठ ४ गते काठमाडौंको प्रेरा–ज्योति जेभीसँग तीनवर्षमा सम्पन्न गर्ने गरि ठेक्का सम्झौता गरेको थियो । कुल लागत ८ करोड ९४ लाख रुपिँयामा ठेक्का लिएको उर्लाबारी–मधुमल्ला–तोरीबारी १२.४ किलोमिटर सडक निर्माण अधुरो रहेको थियो ।
संयुक्त ठेक्का लिएकोमध्ये ज्योती कन्ट्रक्सनले काम अधुरो छोडेको थियो । निमार्ण सम्पन्न नहँुदै भत्किन थालेकोे भन्दै स्थानीयले गुणस्तरीय काम गर्न बिभिन्न सरोकारवाला निकायले चासो राखेका थिए ।

ठेक्काको जिम्मा लिई काम गरेको ज्योति कन्ट्रक्सनले गुणस्तरीय र सम्झौता अनुसारको काम नगरेपछि प्रेरा कन्ट्रक्सनले बाँकी काम सुरु गरेको हो । प्रेरा कन्ट्रक्सनका प्रतिनिधी भुपाल राईले सम्झौता अनुसार नै बाँकी काम सम्पन्न गरिने बताउनुभयो ।
पूर्वाधार विकास कार्यालय विराटनगरका इन्जिनियर सुमन पुरीले निर्माण सम्झौतामा संयुक्त कम्पनि रहेकोले शर्त अनुसारको कार्य गराउन सुरु गरिएको बताउनुभयो । उहाँले यसपछिको निर्माणमा कुनै पनि कमि रहन नदिने गरि निगरानी गरिने दावी गर्नुभयो । तत्कालै मर्मत गर्नुपर्ने करिब १.६ किमी सडक पूर्ण रुपमा कालोपत्रे गर्नुपर्ने शर्त ठेकेदार कम्पनिलाई दिइएको इन्जिनियर पुरीले बताउनुभयो ।

मिक्लाजुङ गाउँपालिकाको व्यस्त सडक भएकाले यस सडकको पुरानो बाँकी रहेको कामलाई निरन्तरता दिन विभिन्न बाधा अवरोधहरुलाई झेल्दै काम अगाडी बढाइएको गाउँपालिका उपाध्यक्ष सरला राईले बताउनुभयो । उहाँले प्रदेश सभा सदस्य कुल प्रसाद साम्बको विशेष पहलमा सडकको बाँकी रहेको काम अगाडी बढाइएको जानकारी दिनुभयो ।

ज्योती कन्ट्रक्सनले समयमा काम नसक्दा यस्तो अवस्था आएको मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यको भनाई छ । नागरिकको माग अनुसार सबै संयन्त्र र जनप्रतिनिधिको सक्रियताले अधुरो काम अगाडी बढाउन सहज भएको उहाँको भनाई छ ।
प्रदेशसभा सदस्य कुलप्रसाद साम्बाले कुनै पनि बहानामा ठेकेदार कम्पनिले निर्माणको काम नसकी छोड्न नपाउने बताउनुभयो । स्थानीयको दैनिक निगरानीमा काम गर्नुपर्ने भएकोले गुणस्तरहिनको संभावना नरहेको उहाँले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्