माया साट्दै संक्रमितका घर–घरमा

<span class='c1'>माया साट्दै</span> <span class='c2'>संक्रमितका घर–घरमा</span>

विराटनगर । कोरोना संक्रमणको त्राससँगै समुदायबाट व्यक्तिलाई अलग्याएपछि चुप देखिएका राजनीतिक दलका नेताहरु यतिबेला संक्रमितकै घरमा पुगेर सान्तवना दिने र माया साट्न व्यस्त छन् ।
पार्टीगत निर्णयमा होस् वा समुह निर्माण गरेर, सहजीकरण गर्ने काममा पनि राजनीतिक दलका अगुवाहरुले पहल लिईरहेका छन् । कोरोना विरुद्ध मनोबल जगाउन आवश्यक छ, नेपाली काँग्रेसमा क्रियाशिल नेता एवं बरगाछी समुहका प्रवद्र्धक दिपक चापागाँईले भन्नुभयो–संक्रमितका घरसँगै आवश्यकता परेर हामीसँग सहयोग लिनुहुनेका घर निसंक्रमण (डिस्इन्फेक्टेड) गरिरहेका छौं । बरगाछी युवा समुह कुनै पार्टी लक्षित नभएर स्वतः जागृत भावहरुको एकता भएको चापागाँईको दावी छ । त्यसलाई आवश्यक पर्ने सामाग्रीका लागि सहयोग गर्ने काम चापागाँईसहितका अगुवाहरुले गर्नु भएको हो ।

विराटनगरमा नेपाल कम्यूनिष्ट पार्टी महानगर कमिटिले संक्रमितको घर–घरमा पुग्ने र भेटघाट गर्ने कामलाई अभियानकै रुपमा अगाडी सारेको छ । त्यस बाहेक आवश्यकता अनुसारका घरहरुमा समेत निसंक्रमण गर्नका लागि सेनिटाइजर गरिदैं आएको छ ।
संक्रमितका घरपरिवार बढ्दै गएपछि अस्तव्यस्त दैनिक मानव जीवन सहज बनाउन राजनीतिक रुपमै भावना जोड्ने अभियानले सामाजिक भावनालाई नजिक बनाउन प्रयास भईरहेका हुन् ।

पछिल्लो समय संक्रमितको संख्या बढ्दै गईरहेको छ । यसलाई नियन्त्रणको लागि अपनाइएको लकडाउन विधिका विरुद्धको भावना समेत सामाजिक रुपमा जागृत हुँदै गएका छन् । यसैबेला कोरोनालाई परास्त गर्न साहसहरु बटुलिन थालेका हुन् । संक्रमित र संक्रमितको घरपरिवारलाई छिमेकीले समेत सहयोग नगरिरहेको अवस्थामा राजनीतिक पार्टीको अभियानले सकारात्मक सन्देश दिईरहेको छ ।
घरमै पुगेर डिस्इन्फेक्सन र स्यानिटाइजिङ गर्नेदेखि शव व्यवस्थापन गर्नेसम्मका लागि सक्रिय युवाहरुले सामाजिक रुपमा बढाएको कोरोना दुरीलाई विस्तारै कम गर्दै लगेका हुन् ।

 

 

नेपाल कम्यूनिष्ट पार्टी विराटनगर महानगर कमिटिले दश दिनयता संक्रमित नागरिकको घर पहिचान गर्ने र डिस्इन्फेक्सन गर्ने अयिभान चलाई रहेको छ । अहिलेसम्म नगरका २५० भन्दा बढी घरमा महानगर कमिटिको अभियान टोलि पुगेको छ । तर, स्यानिटाइजर गरेका सबै घरहरु संक्रमित भएका मात्रै चाँहि हैनन् ।

नेकपा विराटनगर ८ अहिले तेस्रो चरणको अभियान अन्तरगत होम आईसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्थासँगै शनिबार मात्रै १६ वटा घरको निर्मलीकरण गरिएको वडा अध्यक्ष राम पोरखेलले जानकारी दिनुभयो । वडाका बलुवाही, विश्वकर्मा चोक, जिम्दार टोल, राजवंशी टोलका घरहरु समेत गरेर २ सय घरहरु समेत निर्मलीकरण गरिएको पोखरेलको दावी छ ।

नेकपा महानगर समितिका अध्यक्ष सागर थापा संक्रमितका घरमा स्यानिटाइजर गर्ने मात्रै नभई असजिलो अवस्थामा छिमेकी जोड्ने काम समेत भईरहेको बताउनुहुन्छ । घरभित्रै आफन्तसँग टाढिनुपर्ने, सँगसँगै घर भएर पनि छिमेकीसँग लुक्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि पार्टीले सुझबुझपूर्ण निर्णय लिएरै संक्रमितको घरमा पुगिरहेको थापाको भनाई छ ।

महानगरका संक्रमित परिवारको घरमा स्यानिटाइजर गर्ने अभियानलाई अहिले अन्य दल तथा सामाजिक संघ र संस्थाका अगुवाहरुले समेत अगाडी बढाईरहेका छन् । सार्वजानिक स्थान र अति भीडभाड हुने स्थानमा समेत युवाहरुको सक्रियामा डिस्इन्फेक्सन गर्ने काम महानगरभरी चलिनै रहेको हो ।

विराटनगर महानगरपालिका ३ नम्बर वडाले कोरोना संक्रमित वा संक्रमित घरपरिवारका सदस्यको मृत्यु भएको अवस्थामा सामाजिक संस्कारसहितको अन्त्येष्टिका लागि समिति नै गठन गरेको छ ।
घरका सदस्य संक्रमित भएको अवस्थामा अन्य कुनै सदस्यको मृत्यु भए अन्त्येष्टिमा सहभागी हुने मलामी नपाउने भएपछि वडा अध्यक्षकै नेतृत्वमा चार सदस्यीय शव दाहसंस्कार समिति गठन गरिएको हो ।

वडा कार्यालयले गठन गरेको समितिले होम आईसोलेशनमा रहेका संक्रमितको निधन भएपनि शव व्यवस्थापन गर्नेछ । घरपरिवारको माग बमोजिम सामाजिक संस्कार अनुसार अन्त्येष्टि गराउने योजनासहित शव व्यवस्थापन समिति बनाएर वडा कार्यालयले सार्वजानिक सुचना जारी गरेको छ ।

वडा सचिव जोगेन्द्र विश्वासका अनुसार होम आईसोलेशनमा बसेका संक्रमित वा उनका अन्य सदस्यको निधन भएपछि शव व्यवस्थापनमा सामाजिक रुपमा समस्या देखिदैं आएको छ । यस अगाडी विराटनगर–३ की एक बृद्धाको शव उठाउने व्यक्ति नहुँदा नेपाली सेनाले अन्त्येष्टि गर्नु परेको थियो ।
घरका अन्य सदस्य संक्रमित भएपछि कोरोना नेगेटिभ देखिएपनि बृद्धाको लास उठाएर सद्गद् गनै मान्छे नभएपछि नेपाली सेनाको टोलिले अन्त्येष्टि गरेको थियो । वडाले आपैm पहल लिने योजना अगाडी सारेको छ, वडा सचिव विश्वासले भन्नुभयोे–अध्यक्षकै नेतृत्वमा बनेको टोलिका सदस्यहरुले शवलाई शिलप्याक (एयर टाइट) गर्ने विधि सिक्नेछन्, अनि अन्त्येष्टि गरिने छ ।

गत बुधबार विराटनगर–११ की ४४ वर्षीया महिलाको समेत घरपरिवारकै उपस्थितिमा सिंघिया घाटमा अन्त्येष्टि गरिएको थियो । त्यस क्रममा बरगाछी युवा समुहका युवाहरुले शवको व्यवस्थापनमा सहयोग गरेका थिए । अगुवा युवा चापागाँईका अनुसार शव व्यवस्थापनमा सहजीकरण गर्न सघाएका युवाहरु अहिले क्वारेन्टीनमा बसेका छन्, बाँकीले आफ्नो दैनिक कामलाई अगाडी बढाईरहेका छन् ।

संक्रमितको घरमै मृत्यु भए वा संक्रमित भएका घरमा अन्य सदस्यको मृत्यु भए लास उठाउन छिमेकी समेत आउँदैनन् । यस्तो भयावह सामाजिक त्रासलाई राजनीतिक अभियानबाटै चिर्नुपर्ने आवश्यकता रहेको नेकपा महानगरका सचिव हेम कार्की बताउनुहुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्