आइतबार वीपीमा धरानका दुईजनाको मृत्यु

<span class='c1'>आइतबार वीपीमा धरानका</span> <span class='c2'>दुईजनाको मृत्यु</span>

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरीमा धरान उपमहानगरपालिका–१७ का दुईजना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरानका ७४ वर्षीया महिला र ६० वर्षीया पुरुषको आइतबार मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो । मृतक दुवैजना पौडेल थरका हुन् ।

साता अगाडीबाट अध्याधिक खोकी, श्वास फर्कन समस्या र ज्वरोले ग्रस्त महिलालाई भदौ १३ गते (शनिबार) साँझ अस्पताल भर्ना गरिएको थियो । स्वाब संकलन गरि पीसीआर परीक्षण गर्दा आइतबार पोजेटिभ देखिएको थियो । यसैगरी दशदिन अगाडीदेखि स्वास्थ्यमा समस्या देखिएपछि शनिबार साँझ नै भर्ना गरिएका पुरुषमा समेत आइतबार नै कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको हो ।

पुरुषलाई समेत परिवारले शनिबार नै वीपीमै भर्ना गरेका हुन् । प्रवक्ता सापकोटाका अनुसार पुरुषमा विगत दुई महिनादेखि कलेजोमा समस्या देखिएको थियो । उहाँको आइतबार बिहान ७ः ४५ बजे मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्