विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनसरी धरान–१७ का आमा र छोराको ४५ मिनेटको अन्तरमा मृत्यु भएको छ ।
पौडेल परिवारमा एकै पटक दुईजनाको आइतबार बिहान मृत्यु भएको हो । ६० वर्षीय छोराको ७ ः४५ बजे मृत्यु भएको थियो । लगतै ७४ वर्षीया आमाको ८ः३० मा मृत्यु भएको हो ।
साता अगाडीबाट अध्याधिक खोकी, श्वास फर्कन समस्या र ज्वरोले ग्रस्त आमालाई शनिबार साँझ ८ः३७ बजे अस्पताल भर्ना गरिएको थियो । आमा लगतै छोरालाई पनि ८ः५९ बजे अस्पताल भर्ना गरिएको वीपीका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो ।
दुवैजनाको स्वाब संकलन गरि पीसीआर परीक्षण गर्दा आइतबार पोजेटिभ देखिएको थियो ।
धरान उपमहानगरपालिका उपमेयर मन्जु भण्डारीले दुवैजनाको स्वास्थ्यमा समस्या देखिएपछि सँगसँगै अस्पताल भर्ना गरिएकोमा आइतबार बिहान मृत्यु भएको बताउनुभयो ।