विराटनगरमा ४२ सहित प्रदेश १ मा आइतबार ९५ संक्रमित थपिए

<span class='c1'>विराटनगरमा ४२ सहित प्रदेश १</span> <span class='c2'>मा आइतबार ९५ संक्रमित थपिए</span>

विराटनगर । प्रदेश १ मा आइतबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २, प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा आइतबार ४२ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार महिला र पुरुष २१–२१ को रिपोर्ट पोजेटिभ आएको हो । मोरङको लेटाङमा १ महिला, पथरीशनिश्चरे र रंगेलीमा १–१ पुरुषमा संक्रमण देखिएको छ । सुनसरीको दुहवीमा १४ पुरुष, ईटहरीमा ४ महिला ४ पुरुष, इनरुवामा १ महिला ५ पुरुष, धरानमा १ महिला ५ पुरुष, बर्जुमा २ र गढीका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको कनकाईमा २ महिला ६ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, संखुवासभाको खाँदबारीमा १ पुरुष, स्थानीय तह नखुलेकी १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज सम्म कोरोना संक्रमित हुनेको संख्या ३ हजार ३११ पुगेको छ । प्रदेश १ मा कोरोना संक्रमणबाट आजसम्म मृत्यु हुनेको संख्या ३२ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २३ र ९ जना अन्य प्रदेशका छन् ।

प्रदेश १ मा सोमबार ९ जना डिस्चार्ज भएका छन् । उनीहरु सवै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएका हुन । हाल सम्म १ हजार ५३४ पुगेको छ । प्रदेश १ मा आज १ हजार १७६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३२ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार हा सम्म ८७ हजार ५९८ जनाको पीसीआर परीक्षण भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्