विराटनगर । मोरङ र सुनसरीका २ स्थानबाट नियन्त्रीत लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बुधनगर मोरङबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको हो ।
गस्तिमा खटिएको प्रहरी टोलीले प्रदेश नं १–०२–०४०प९६६८ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा चालक गढीगाउँपालिका– ३ सुनसरीका २७ बर्षीय सुभाष कुमार साह र पछाडी सवार रहेका मोरङ जहदागाउँपालिका–१ का २१ बर्षीय रुपेश यादव लाई लागुऔषध डाइलेक्स १४ बोतलसहित पक्राउ गरेको हो ।
यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको भाण्टावारीबाट स्थानीय २२ बर्षीय सुसिल शर्मालाई नाईट्रोसन १०० ट्याब्लेट, एस.पी. ५५२ ट्याब्लेट र कोरेक्स १०० को ३३ बोतल लागुऔषध सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।