विराटनगरमा धेरै संख्यामा कोरोना संक्रमितको मृत्यु, सरकारबीच अभिलेख बाझियो

विराटनगरमा धेरै संख्यामा कोरोना संक्रमितको मृत्यु, सरकारबीच अभिलेख बाझियो

विराटनगर । विराटनगरमा आइतबारसम्म १ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सरकार र स्थानीय सरकार विराटनगर महानगरपालिकाको तथ्यांकमा बेमेल भएपनि प्रदेश राजधानीमा कोरोना संक्रमण भयावह बन्दै गएको देखिन्छ ।
प्रदेश सरकार र महानगरपालिकाले दैनिक जस्तो सार्वजानिक गर्ने तथ्यांक प्रायःजसो नै फरक–फरक हुने गरेको हो । आइतबार पनि यस्तै समस्या दोहोरिएको छ ।

महानगरको जनस्वास्थ्य महाशाखाले आइतबार १८ पुरुष र १७ महिलामा संक्रमण पुष्टि भएको तथ्यांक सार्वजानिक गरेको थियो । तर, सामाजिक विकास मन्त्रालयले ४२ जना संक्रमित महानगरमा देखिएको तथ्यांक सार्वजानिक गरेको थियो । जसमा २१ पुरुष २१ महिला उल्लेख गरिएको थियो ।

विराटनगर महानगरपालिका भित्र ९ जना नागरिकको कारोना संक्रमणको कारण मृत्यु भएको उल्लेख गरिएको छ । तर, हालसम्म १२ जनाको मृत्यु भईसकेको तथ्यांक सामाजिक विकास मन्त्रालयसँग छ ।
विराटनगरमा समुदायस्तरमा कोरोना भाइरस फैलिएपछि मोरङ जिल्लाभरी भदौ १७ गतेसम्म स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सरकारले २ सयभन्दा बढी सक्रिय कोरोना भाइरस (कोभिड—१९) संक्रमित रहेका जिल्लाहरुलाई अति उच्च जोखिम क्षेत्रमा रुपमा राखेको छ ।

आइतबारसम्म महानगरपालिका भित्र १ हजार ९ संक्रमितमध्ये सबैभन्दा बढी विराटनगर १२ नम्बर वडामा छन् । एउटै वडामा संक्रमितको संख्या १२६ पुगेको छ । संक्रमितमध्ये धेरै संख्या प्रदेश प्रहरीका छन् ।
विराटनगर ६ मा १०५ जना पुगेको छ । यस वडामा एक जना कोरोना संक्रमितको होम आइसोलेशनमा मृत्यु पनि भइसकेको छ । विराटनगर ८ मा ७९ जना संक्रमित पुगेका छन् । हालसम्म दुई जनाको मृत्यु भइसकेको छ ।

विराटनगर १ मा ३१ जना, विराटनगर २ मा ६४ संक्रमित छन् भने एक जना कोरोना संक्रमित पुरुषको कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा मृत्यु भएको छ । यसैगरी विराटनगर ३ मा ६९ जना, विराटनगर ४ मा ३४ जना ५ मा ५७ जना संक्रमित छन् ।
विराटनगर ५ मा एक जना बृद्धा संक्रमित पुरुषको मृत्यु भइसकेको छ । यस्तै विराटनगर ७ मा ४५ जना, विराटनगर ९ मा ७७ जना संक्रमित पुगेका छन् । विराटनगर ९ को गुद्रीको दुई जना कोरोना संक्रमितको मृत्यु पनि भइसकेको छ ।

विराटनगर १० मा ३७ जना, ११ मा ६८ जना संक्रमित पुगेका छन् । ११ वडामा १ जना कोरोना संक्रमित महिलाको मृत्यु भइसकेको छ । विराटनगर १३ मा २२ जना, १४ मा १९ जना, १५ मा ५४ जना संक्रमित पुगेका छन् ।

विराटनगरको १५ नम्बर वडामा एक जना कोरोना संक्रमित युवाको मृत्यु भइसकेको छ । यस्तै विराटनगर १६ मा २८ जना, १७ मा २६ जना, १८ मा ४ जना र १९ वडामा शुन्य संक्रमित छन् । १९ वडामा अहिलेसम्म संक्रमित भेटेको छैन । वडा नखुलेको ६३ र १ जना संक्रमित विराटनगर बाहिरको रहेको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाले दावी गर्दै आएको छ । हालसम्म ३ सय ८९ जना संक्रमण डिस्चार्ज भएर घर फर्किएको महानगरपालिकाको अभिलेखमा उल्लेख छ ।

ज्यान गुमाउनेमा विराटनगरका धेरै

सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना संक्रमणका कारण ज्यान गुमाउनेमा विराटनगरमा १२ जना रहेका छन् । प्रदेश १ मा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । जसमध्ये ९ जना प्रदेश १ बाहिरका हुन् । उनीहरु प्रदेश २ का रहेका छन् । २३ जना नागरिक प्रदेश १ का हुन् ।

प्रदेश १ का मृत्यु हुनेमा १७ पुरुष र ६ जना महिला छन् । सुनसरीमा २ जना महिला सहित तीन जना पुरुष गरि पाँच जना, झापाको दमकमा १ पुरुष, मोरङको पथरीका १, बुढीगंगा गाउँपालिका २, रंगेली र सुनवर्षी नगरपालिकाका १÷१ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्