विराटनगर जामुनगाछीका युवाले बाँड्न थाले विपन्नलाई भान्साको पोको

<span class='c1'>विराटनगर जामुनगाछीका युवाले बाँड्न</span> <span class='c2'>थाले विपन्नलाई भान्साको पोको</span>

विराटनगर । विराटनगर–६ देवानबन्दीका ४८ वर्षीय विरेन्द्र राय सोमबार बिहान नजिकै रहेको जामुनगाछी चौकमा पुग्नुभयो । दैनिक ज्यालादारी मजदुरी गरेर ४ जनाको परिवार पाल्दै आउनु भएका रायसँग लकडाउन यताका दिनमा भने जस्तो काम मिलेको छैन ।
कामकै लागि घरबाट निस्कनु भएका रायलाई जामुनगाछीमा युवाहरुको एउटा समूहले भान्साको पोको हातमा थमाई दिए । अढाई केजी चामल, आधा लिटर तेल, एकपाउ दाल, सोयाबीन र नुन रााखिएको पोको पाएपछि रायलाई एक दिनको कमाईले खरिद गर्ने बराबरकोे खाद्य सामाग्री सित्तैमा मिल्यो ।


विराटनगर–५ जामुनगाछीका ६० जना युवाहरु संलग्न क्रियटिभ युथ सोसाईटीले फुड बैंक स्थापना गरेर अतिविपन्न परिवारलाई भान्साको पोको उपहार दिन थालेका हुन् । जामुनगाछी चौकमा राखिएको फुड बैंकबाट अतिविपन्न परिवारले हरेक दुई दिनमा भान्साको पोको पाउने भएका हुन् ।

सोमबार ज्येष्ठ नागरिक बालकृष्ण घिमिरेको हातबाट भान्साको पोको लिएपछि स्थानीयवासी आशा उराउले आफ्ना सन्तानले खान पाउने भए भन्दै लामो श्वास फेर्नु भएको थियो । श्रीमान् हार्डवेयर पसलमा आउने सामान गाडीबाट अनलोड र हार्डवेयर पसलबाट बिक्री भएका सामान गाडीमा लोड गर्नुहुन्छ, उराउले भन्नुभयो–अहिले त काम छैन ।


काम नभएपछि दैनिक ज्यालादारी गर्ने आशाका श्रीमान्ले हार्डवेयरबाट केहि ऋण मागेर जोहो गरिसकेका छन् । बाँकी दिनका लागि अब केहि छैन, उराउले भन्नुभयो–बिहानभर केहि काम पाउँछ की भनेर घुम्ने मात्रै गर्नुहुन्छ ।
राय र उराउ जस्तै, अतिबिपन्नका लागि भनेर क्रियटिभ युथ सोसाइटीले फुड बैंक स्थापना गरेको हो । तर, अन्य स्थानमा भन्दा यहाँ खोलिएको फुड बैंकको विशेषता फरक छ ।

युवाहरुको यो समूहले विराटनगर–४ र ५ का अतिविपन्न परिवारको तथ्यांक लकडाउनको यो लामो अवधीमा संकलन गरेका छन् । समूहका संयोजक सुरज कटवालका अनुसार विभिन्न राजनीतिक अगुवा, सामाजिक क्षेत्रका अगुवा र जनप्रतिनिधि समेतको सहयोगमा अतिविपन्न परिवार पहिचान गरेर फुड बैंक स्थापना गरिएको हो ।
चुल्लो बाल्ने योजना अनुसार हामीले योगदान गर्नसक्ने अगुवाहरुसँगै आग्रह ग¥यौं, समुहका सहसंयोजक बिनोद बोहोराले भन्नुभयो–निषेधाज्ञा जारि रहँदासम्म पहिचान गरिएका घर परिवारलाई भान्साको पोको उपलब्ध गराउने छौं ।
प्रत्येक दुईदिनमा तिनै व्यक्तिले भान्साको पोको दोहो¥याएर लिन पाउने छन् । अढाई केजी चामलसहितको पोकोले कम्तिमा बालबालिका र ज्येष्ठ नागरिकको लकडाउन जीवन सहज हुने अपेक्षा राखिएको छ ।

युवाहरुको यो अभियानलाई राजनीतिक कार्यक्रम बनाउन नचाहेपनि सामाग्री जुटाउनका लागि सबैले सहयोग गरेका छन् । संयोजक कटवालले वडामा रहेका राजनीतिक दलका अगुवाहरुलाई यो कार्यक्रममा सहयोगका लागि आग्रह गरिएको जानकारी दिनुभयो ।
फुड बैंकका लागि नेकपा महानगर कमिटिका अध्यक्ष सागर थापा र सचिव हेम कार्कीसहितको टोलिले २० क्विन्टल चामलसहित केहि खाद्यन्न संकलनमा सहजीकरण गरिदिनु भएको छ । यसैगरी निर्माण व्यवसायीहरुले, विद्यार्थी नेताहरु, सामाजिक क्षेत्रमा क्रियाशिल अगुवाहरु र स्वयम् युवाहरुको समुहले समेत फुड बैंकमा योगदान गरेका हुन् ।

युवाहरुले पहिचान गरेका अतिविपन्न बाहेक पनि कसैको घरमा दैनिकी टार्न समस्या हुने देखिएमा भान्साको पोको उपलब्ध गराउने योजना राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्