रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिका ७ मा रहेको रंन्जित स्पोटिङ क्लव ले ५० परिवारलाई खाद्यन्न सामाग्री बितरण गरेको छ ।
कोरोना भाईरसका कारण बिगत पाँच महिनादेखि बन्द भएपछि दैनिकी ज्यालादारी गरेर आफ्नो परिवार पालनपोषण गरि रहेका न्यून आय भएका सर्वसाधारणलाई खाद्यन्न उपलब्ध गराइएको हो ।
क्लवले समाजमा केहि योगादन गर्न सक्नेसँग सहयोगमा एक परिवार बराबर १५ केजि चामल, भुजा, तेल, नुन, चिनी, बेसार, आलु लगायत का खाध सामाग्री वितरण गरेको थियो ।
प्रत्येक परिवारका लागि २ हजार रुपैयाँ बराबरको खाद्यन्न समाग्री हस्तान्तरण गरिएको क्लवाका अध्यक्ष गुरु प्रसाद अधिकारीले जानकारी दिनुभयो । क्लवले अहिलेसम्म ७५ घर परिवारलाई खाद्यन्न सहयोग गरिसकेको क्लवका सदस्य मोसिम आलमले बताउनुभयो ।