प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण

<span class='c1'>प्रदेश १ का सामाजिक विकास</span> <span class='c2'>मन्त्री घिमिरेलाई कोरोना संक्रमण</span>

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पोजेटिभ देखिएको छ ।
प्रदेश प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको परीक्षणमा उहाँलाई संक्रमण पुष्टि भएको हो ।

भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उहाँलाई झाडापखाला भएको र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ ।

शनिबार साँझदेखि उहाँ निवासमै रहनु भएको छ । मन्त्री घिमिरेको स्वास्थ अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्