विराटनगरबाट १४६ केजी गाँजा नियन्त्रण

विराटनगरबाट १४६ केजी गाँजा नियन्त्रण

विराटनगर । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट जोगबनीले १४६ केजी गाँजा नियन्त्रणमा लिइएको छ । नेपालबाट भारततर्फ तस्करी गरेर लैजाँदै गर्दा विराटनगर–१७ आईसीपी रोडबाट सोमबार बेलुका ७ः३० बजे गाँजा नियन्त्रणमा लिइएको हो ।


को २ त ६०५७ नम्बरको ट्याक्टरमा सुरक्षित र व्यवस्थित तवरले गाँजा लोड गरेर बुधनगर हुँदै भारत कटाउने योजनामा लैजाँदै गर्दा विशेष सुचनाका आधारमा नियन्त्रण लिइएको सशस्त्रका प्रहरी निरीक्षक मौसम पोखरेलले जानकारी दिनुभयो ।


गाँजा तस्करीकै लागि ट्याक्टरको डाला भित्र फोल्ड डाला बनाएर भित्री भागमा लुकाएर राखिएको गाँजा सशस्त्रले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको हो । ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । उनको विषयमा थप जानकारी खुलाइएको छैन ।

तस्वीर : पवन बिक्रम साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्