कोभिड विरुद्ध अग्रमोर्चामा खटिने सदस्यलाई विराटनगर जेसीजको सम्मान

कोभिड विरुद्ध अग्रमोर्चामा खटिने सदस्यलाई विराटनगर जेसीजको सम्मान

विराटनगर । विराटनगर जेसीजले कोभिड–१९ को संक्रमण विरुद्ध अग्रमोर्चामा काम गर्ने सदस्यहरुलाई सम्मान गरको छ । साताव्यापी अनलाइन वेभिनार–२०२० को अन्तिम दिन फ्रन्ट लाईनमा खटिनेहरुलाई सम्मान गरिएको हो ।

गत भदौ ८ गतेदेखि सुरु भएको वेभिनारको अन्तिमदिन विराटनगर जेसीजले कोभिड–१९ का कारण भएको लकडाउनले समस्यामा परेकाहरुलाई निःशुल्क खाना खुवाउने कामका लागि देवचन्द्र घिमिरे , कोभिड अस्पतालमा कामगर्ने केशव वस्नेत र धरान कोभिड अस्पतालमा कार्यरत जुनियर जेसीज प्रंशसा पौडेललाई पुरस्कृत गरेको छ । उहाँहरुलाई ‘कोभिड वेरियर्स’को रुपमा पुरस्कृत गरिएको हो ।

एकसातासम्म सञ्चालित वेभिनारको पहिलो दिन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीसँग अन्तरक्रिया गरिएको थियो । क्रमशः भाषणकला तालिम, युवा नेता गगन थापासँग संवाद, डिजीटल उधमशीलता तथा आर्थिक स्वतन्त्रता सम्बन्धी अन्तरक्रिया जस्ता कार्यक्रममा चौंथो दिनसम्म गरिएको थियो ।
यसैगरी पाचौँ दिन मनोज गजुरेल र विपिन कार्की लगायतका कलाकारहरुसँग सफलता तथा संघर्षका कथाहरु, छैटौ दिन राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कासंँको अन्तरक्रिया र सातौँ दिनपूर्व राष्ट्रिय अध्यक्षसँग अन्तरक्रिया तथा सम्मान गरी कार्यक्रम गरिएको जनसम्पर्क अधिकारी प्रवेश दुलालले जानकारी दिनुभयो ।

सो कार्यक्रममा जेसीजले आफ्ना विभिन्न सदस्य विज्ञान वस्नेत, अभिशेक भट्टराई, तुलसी निरौला, पंकज सापकोटा, बैजनाथ भगत, सनराईज चौधरी र प्रवेश दुलाललगायतलाई जेसीज अफ द मन्थले पुरस्कृत गरेको दुलालले जानकारी दिनुभयो ।

समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका संस्थापक एवं वरिष्ठ परराष्ट्र विद डा. भेषवहादुर थापा रहनु भएको थियो । वरिष्ठ हास्यकलाकार मदन कृष्ण श्रेष्ठ , विराटनगर जेसीजका संस्थापक राजेन्द्रवहादुर श्रेष्ठ, फुलकुमार लालवानी, प्रदिपमान वैध, विकल शेरचनलगायत थुप्रै जेसीज नेताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा जुम एप्स मार्फत साताव्यापी अवधीभर करिब १२ सय भन्दा बढी व्यक्तिहरु सहभागी भएको दुलालले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्