सामूहिक खेतीमा गाउँपालिकाको सहयोग

<span class='c1'>सामूहिक खेतीमा</span> <span class='c2'>गाउँपालिकाको सहयोग</span>

पौवादुङ्मा गाउँपालिकाले सामूहिकरुपमा कृषि व्यवसायमा लाग्ने कृषकलाई प्रोत्साहन गर्दै आएको छ । कृषकलाई सामूहिकरुपमा कृषि क्षेत्रमा आवद्ध गराएर गाउँपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ आर्थिक तथा प्राविधिक सहयोग गरेको हो ।
गाउँपालिकाले वडा नं–३ को प्याक्लाको बिज वृद्धि कृषक समूहलाई नमूनाका रुपमा गत आर्थिक वर्षमा रु चार लाख अनुदान सहयोग गरेर कामको थालनी गरेको हो । गाउँपालिका अध्यक्ष किरण राईले भन्नुभयो, ‘‘एकल रुपमा कृषिमा लागेका धेरै कृषकलाई प्राविधिकसँगै आर्थिक सहयोग गरिरहेका छाँै, आगामी दिनमा सामूहिक कृषि प्रणालीलाई विस्तार गर्ने योजनाका साथ नमूनाको रुपमा काम थालनी गरेका हौँ, यो प्रणाली सफल भएमा अन्य क्षेत्रमा पनि विस्तार हुन्छ ।’’
स्थानीयवासीले बिज वृद्धि कृषक समूह दर्ता गरेर करिब २२ रोपनी क्षेत्रमा तरकारी खेती गरिरहेका छन् । समूहमा ३३ घर परिवार आवद्ध कृषकहरुले मौसमअनुसारका तरकारी लगाउने गरेको समूहका अध्यक्ष लोकबहादुर कार्कीले बताउनुभयो । गाउँपालिकाले उनीहरुलाई आवश्यक परामर्श तथा प्राविधिक सल्लाह समेत दिँदै आएको छ । तरकारी बालीमा लाग्ने रोग, किराको विषयमा कृषि प्राविधिकले समयसमयमा स्थलगत अनुगमन गरी आवश्यक सल्लाह दिने गरेको कृषि शाखा प्रमुख ब्रतेन्द्र राईले जानकारी दिनुभयो ।
गाउँपालिकाले सामूहिक रुपमा कृषकलाई आवद्ध गराएर थालेको यो कार्यलाई धेरैले उदाहरणीय मानेका छन् । अन्य स्थानीय तहले पनि यसको अनुसरण गर्न आवश्यक रहेको स्थानीय समाजसेवी तीर्थकुमार राईले बताउनुभयो । भौगोलिक क्षेत्रको आधारमा गाउँपालिकाले पकेट क्षेत्रको रुपमा कृषिमा काम गर्ने कार्ययोजना तयार गरेको गाउँपालिका उपाध्यक्ष सम्झना राईको भनाइ छ । उहाँका अनुसार गाउँपालिकाको क्षेत्रलाई चार भागमा विभाजन गरेर सामूहिक खेतीको अवधारणा तयार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्