विराटनगर । महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मोरङमा निषेधाज्ञा जारी छ ।
निषेधाज्ञा कै बीचमा सशस्त्र प्रहरी रानी विराटनगर स्थित बोड आउट पोस्ट – बीओपी ) बाट खटिएका सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेल सहितको एउटा टोलीले ठूलो परिणाममा गाँजा बरामद गरेको छ ।
अहिलै सम्म कै ठूलो परिणामको गाँजा लोड गरिएको ट्याक्टर सुनसरीको धरान, इटहरी र दुहवी हुँदै विराटनगर भित्रिएको सूचना पायो ।
सँगै सशस्त्र प्रहरीले सोमबार दिनभर सादा पोसाकमा खटिएका थिए । टोलीमा हवल्दार भीम अधिकारी, सहायक हवल्दार फणिन्द्र कोइराला र पूर्णकुमार लिम्बू थिए । तीन जना बिहानैदेखि गाँजा लोड गरिएको ट्याक्टरको खोजीमा जुटे । दिनभरको मेहनतपछि सुरक्षाकर्मीलाई छल्दै भारततर्फ लैजाँदै गर्दा ट्याक्टरको पिछा गरेर उनीहरुले सोमबार साँझ ७ः३० बजे एक सय ४६ किलो गाँजासहित ट्याक्टर र चालकलाई नियन्त्रणमा लिन सफल भए ।
प्लाष्टिकमा प्याक गर्दै ट्याक्टरको पछाडिको ट्रलीमा ‘फल्स बटन’ बनाएर त्यहाँभित्र लुकाएको अवस्थामा गाँजा बरामद भएको हो । स्पष्ट सम्म नम्बर नदेखिने को २ त ६०५७ नम्बरको ट्याक्टर र चालक सुनसरीको गढी गाउँपालिका–३ का ३४ वर्षीय सुरे
शकुमार मेहतालाई सशस्त्रले नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा बरामद भएको हो ।
पक्राउ परेका चालक मेहताले भने आफूले विराटनगरबाट ट्याक्टर ‘रिसिभ’ गरेको बताए । आफूलाई गाँजा र ट्याक्टरका बारेमा केही पनि जानकारी नभएको उनले सुनाए । ट्याक्टर कसको हो भनेर आवर विराटनगर सोध्दा उनले कमल किशोरको हो भनेर जवाफ दिए ।
‘ट्याक्टर विराटनगर–१८ भेडियारी पु¥याए वापत १० हजार दिने सर्तमा आफुले ट्याक्टर ल्याएको आवर विराटनगरसाम सामृु यसरी बताए हेर्नहोस यो एक्सक्लुसिप भिडियो ः