माया बढे हट्छ कोरोना : ८४ वर्षीय बुबा र ७२ वर्षीया आमाबीच बाँडिए खुशी

माया बढे हट्छ कोरोना : ८४ वर्षीय बुबा र ७२ वर्षीया आमाबीच बाँडिए खुशी

विराटनगर । कोरोना संक्रमणले भेन्टिलेटरमा पुग्नु भएकी विराटनगर ५ निवासी ७२ वर्षीया हिमादेवी पौड्याल २१ दिनपछि मगलबार घर फर्कनु भयो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट उपचारपछि घर फर्कदा उहाँको परिवार मात्रै नभई छरछिमेकमा खुशीको सीमा नै रहेन ।


कोरोना भाईरस विरुद्धको संघर्षमाथि विजयी हुनु भएकी पौडेल आगनमा टुप्लुक्क आईपुग्दा ८२ वर्षीया खगेन्द्र पौड्यालका आँखा रसाएका थिए । पुष्पगुच्छा हातमा थमाउँँदै अंगालोमा बेरेर श्रीमतीलाई घर भित्र लैजानु भएपछि परिवारका सदस्यसँगै स्थानीयवासीमा खुशीको लहर छाएको हो ।

साहस बटुल्नुपर्ने खास कुरा के पनि छ भने, ८४ वर्षीय बुबा खगेन्द्र पनि कोरोना संक्रमित हुनुहुन्थ्यो । उहाँले होम आईसोलेशनमै बसेर कोरोना भाईरसलाई परास्त गर्दै समाजको त्रासदी मनोविज्ञानलाई गज्जबको जवाफ दिनु भएको छ ।
परिवार भित्रका सात जना नै संक्रमित बनेको घरसँग समाज आतंंकीत त थियो, उति नै भावुक, सहयोगी र सद्भाव पनि बढाईरहेको थियो ।
घरमा सबै संक्रमित हुँदा त्रसित हुनु स्वभाविक भएपनि सामाजिक उत्तरदायित्वले हामी सबैलाई घच्घच्याउँनु पर्छ, स्थानीय चेतन निरौलाले भन्नुभयो–कोरोना आतंकलाई परास्त गर्नका लागि यस विरुद्धको मोर्चामा समाजमा सहयोगी र सद्भावपूर्ण भावना जागृत हुनु आवश्यक छ । त्यहि सामाजिक भावनाले घरका सात जनामा देखिएको कोरोना संक्रमणमाथिको विजय पनि सहजै भएको हो ।


बालबालिका, किशोर वा बृद्धबृद्धा भनेर बर्गिकृत गर्ने मान्यतालाई एकै घरपरिवार भित्रका सात जनाले कोरोना संक्रमण जितेसँगै गतिलो जवाफ समेत मिलेको छ । राष्ट्रले सम्मान गर्ने ज्येष्ठ नागरिक बुबा र आमा, किशोर अवस्थाका साँईलो र कान्छो छारा अनि कान्छि बुहारी र नाती–नातिनी समेत संक्रमित भएको घरमा मंगलबार भने उत्लास छाएको छ ।

सामाजिक रुपमा गर्ने व्यवहारले विराटनगर–५ को पौड्याल परिवारमा छाएको खुशी अन्यत्र समेत देख्न सकिन्छ । माया साट्दा नै बढ्छ भन्ने सन्देश मंगलबार विराटनगर–१२ मा समेत देखिएको हो । कोरोना संक्रमणमुक्त हुनु भएका किशोर धमलालाई टोलवासीले भव्य स्वागत गर्दै घर भित्र्एका थिए ।
नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ का अध्यक्षसमेत रहेका धमलालाई साउन २८ गते बुधबार कोरोना पुष्टि भएको थियो । मारवाडी सेवा सदनको ‘आइसोलेसनबाट मंगलबार घर फर्कदा उहाँको भव्य स्वागत गरिएको हो ।


धमलासँगै श्रीमती, छोरी र छोराको रिपोर्ट पनि भदौ १ गते पोजेटिभ आएको थियो । लक्षण नदेखिएपछि तीनजना ‘होम आइसोलेसन’मै बस्नुभयो । पछिल्लो रिपोर्ट नेगेटिभ आएसँगै धमलासहित श्रीमती र छोरी उपचारपछि मंगलबार कोरोनामुक्त हुनु भएको हो । भएका छन् । कोरोना पराजित गर्दै सामान्य जीवनमा फर्किएका धमला परिवारले भव्य स्वागत पाएको हो ।

समाजले सकारात्मक रुपमा लिनसके संक्रमणमाथिको विजयी हाँसिल गर्न कठिन नभएको धमलाले प्रतिक्रिया दिनुभयो । उहाँले सामाजिक रुपमा विस्तारै कोरोना विरुद्धको एकता भाव जागृत हुँदै गएकोले आगामी दिन संक्रमित भनेर हेला र हिंसामा पर्नुपर्ने अवस्था नआउने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्