गरिखानेको कथा : विराटनगरमा ५२ वर्षदेखि दहि बेच्दै रामचन्द्र ।

<span class='c1'>गरिखानेको कथा : विराटनगरमा ५२</span> <span class='c2'>वर्षदेखि दहि बेच्दै रामचन्द्र ।</span>

बिराटनगरमा एक ब्यक्ति यस्ता छन् यसले ५२ वर्षदेखि लगातार बिराटनगरमा दहि , घिउ तथा अन्य दूधजन्य सामग्री बेच्दै आएका छन् । भारतबाट १८ बर्षकै उमेरमा बिराटनगर आएका र हाल बिराटनगरको सरोचियामा बसोबास गर्ने राम चन्द्र यादवले बिगत ५२ बर्षदेखि बिराटनगर क्षेत्रमा दूधजन्य सामग्री बेच्दै आएका हुन् । उमेरले ७० बर्ष काटेपनि उनको मेहनत अझै २०-२२ बर्षीय तन्नेरी जस्तो देखिन्छ ।

विराटनगर वरिपरीका बिभिन्न ठाउँबाट दुध ल्याएर आफैले घरमै दुधबाट बन्ने दहि , घियु , नौनी लगायतका सामग्री बनाएर बेच्दै आएको उनि बताउछन । उनलाई विराटनगरको हरेक गल्ली थाहा छ , ५२ बर्षको ब्यापारले उनले विराटनगरको हजारौ फन्को लगाएका छन् । उनको भोगाईमा पहिला भन्दा उनको ब्यापार धेरै खस्किएको छ । कति बिकास बढ्दै गयो उनको ब्यापार खस्किएको उनको अनुभव छ । "पहिला पसल थोरै थिए , ब्यापार धेरै हुन्थियो अहिले सबैले दूधजन्य कुरा बेच्न थाले' उनको अनुभव यस्तो छ । १८ बर्षको उमेर देखि टोलटोलमा दहि ,दुध लगायतका सामग्री बेचिरहेका उनको घर यसै व्यवसायबाट चलेको छ ।

उनि अहिले पनि बिराटनगरको चप्पाचप्पामा पुगेर दुधजन्य सामग्री बेच्ने गर्दछन । "मेहनत त धेरै छ , धेरै हिड्नुपर्ने बाध्यता पनि छ तर मेहनत गर्न डराउनु हुदैन" उनि थप्छन । उनले दुध बेच्दा साना रहेका बालबालिका आज ठुला व्यक्ति बएको देखेका छन् उनले , धेरैले उनको सामग्री अहिलेपनि प्रयोग गरिरहेको उनि सुनाउछन । दैनिक कति कमाइ हुन्छ भन्ने प्रश्नमा भने उनले खुलाउन चाहेनन् र भने "घर परिवार चलाउने हुन्छ"। उनको सामग्री धेरैले रुचाएर दैनिक बोलाउने ग्राहक पनि रहेको उनि सुनाउछन ।

७० बर्षको उमेरमा पनि विराटनगरका ठाउँ ठाउँमा पुगेर आफ्नो सामग्री बेच्न्नु अहिलेपनि उनको दैनिकी छ र उनि यसमा खुसी रहेको बताउछन ।हाल कोरोनाको महामारीमा पनि उनि माक्स लगाएर सावधानी अपनाएर ब्यापारमा तल्लिन छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्