रंगेली । मोरङ रंगेली जयनपुर टोल बस्ने ५५ बर्षीय रामप्रसाद मण्डलको करेन्ट लागेर मृत्यु भएको छ ।
खेतमा पानी पटाउन भनि मटर जोड्ने क्रममा अचानक बिधुत सट भई मण्डललाई बिहीबार करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थलमै मृत्यु भएको भनि आफन्तले प्रहरीमा खबर गरेपछि ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली पुगेको थियो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको बताइएको छ ।