जनजीवन सामान्य बनाउँदै लैजानुपर्छ : मन्त्री कार्की

जनजीवन सामान्य बनाउँदै लैजानुपर्छ : मन्त्री कार्की

विराटनगर । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले स्वस्थ्य सतर्कता अपनाउँदै दैनिक जनजीवनलाई सामान्य बनाउँदै लैजानुपर्ने बताउनुभएको छ ।

कोरोना महामारीसँगै लामो समयसम्म लकडाउन र निषेधाज्ञाले स्थिति असहज भएको बताउँदै मन्त्री कार्कीले विकल्प खोज्न आवश्यक रहेको बताउनु भएको हो ।

बिहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री कार्कीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेको प्रयास, त्यसमा भएका कमजोरी र आगामी दिन सरकारको तर्फबाट गर्नुपर्ने कामहरुको विषयमा सुझाबसमेत लिनुभएको थियो । सबै क्षेत्रसँग छलफल गरेर प्राप्त सुझावका आधारमा प्रदेश सरकारले केही दिनभित्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि नयाँ निर्णयहरु लिने तयारी गरिरहेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

नागरिकहरु अनुसाशित नहुँदा कोरोना रोकथामका लागि अहिले अभ्यास गरिएको लकडाउन र निषेधाज्ञा प्रभाबकारी नभएकोले सरकारले फरक ढंगबाट अगाडि बढ्नुपर्ने सोचिरहेको मन्त्री कार्कीको भनाई थियो ।
सामाजिक दुरी कायम गर्ने, स्वास्थ्य सम्वन्धी न्यूनतम मापदण्डहरु इमान्दारिसाथ पालना गर्ने र सबै पेशा व्यवसायलाई सुचारु गराउँदै जनजीवनलाई सहज बनाउनुको विकल्प नभएको मन्त्री कार्कीको भनाइ छ । उपचारका लागि औषधि र भ्याक्सिन नभएको अवस्थामा बिस्तारै वैकल्पिक विधि अवलम्वन गर्दै अघि बढ्न जरुरी भएको उहाँको भनाइ थियो । त्यसको लागि जोखिममा रहेकाहरुलाई आइसोलेट गरेर अरुले दैनिकीमा फर्कनुपर्नेमा उहाँले जोड दिनुभयो ।

 

मन्त्री कार्कीले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारका तर्फबाट व्यवस्थापकीय पाटोमा केही कमजोरी रहेको र त्यसलाई सच्याउँदै अघि बढ्ने पनि बताउनुभयो । तत्काल विद्यालयहरु सुचारु गर्नुपर्छ भन्ने सुझावहरु आएपनि केही समय त्यसो गर्न हुँदैन भन्ने आफुलाई लागेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्