वीपीमा उपचारतः सप्तरीका दुईजना संक्रमित पुरुषको मृत्यु

वीपीमा उपचारतः सप्तरीका दुईजना संक्रमित पुरुषको मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारतः दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवैजना सप्तरीका हुन् ।
प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार राजविराज–७ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो १ः१५ बजे र ५० वर्षीय पुरुषको दिउँसो २ः२ मिनेटमा मृत्यु भएको हो ।

छिन्नमस्ता अस्पतालबाट रिफर भई भदौ ४ गते वीपीमा भर्ना हुनु भएका ५५ वर्षीय पुरुषमा भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अल्परक्त र मधुमेहको समस्याबाट ग्रसित पुरुषलाई भदौ ८ गतेदेखि आईसीयूमा राखेर उपचार गरिएको थियो ।

यसैगरी राजविराज–७ कै ५० वर्षीय अर्का पुरुषलाई श्वासप्रश्वास लगायतको समस्या देखिएपछि बिहीबार (आज) वीपीको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । स्वाब संकलन गरि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । दिउँसो १ः२० मा भर्ना गरिएका उनको ४२ मिनेटपछि मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

मृतक दुवैजनाको शव व्यस्थापन नियमानुसार हुने तयारी भईरहेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्