संगठित अपराधका गिरोहलाई हतियार बिक्री गर्ने पक्राउ

<span class='c1'>संगठित अपराधका गिरोहलाई हतियार</span> <span class='c2'>बिक्री गर्ने पक्राउ</span>

विराटनगर । विराटनगरमा संगठित रूपमा अपराधको संञ्जाल विस्तार गरेर व्यापारीलाई ज्यान मार्ने धम्की दिदै लाखौं रूपैयाँ असुली गर्ने गिरोहलाई हातहतियार तथा गोलि गठ्ठा उपलब्ध गराउने एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले विराटनगर –१२ का २६ वर्षीय विकास महतोलाई पक्राउ गरेको हो ।

महतोले कटहरी २ का अभिषेक रायको समूहलाई १ लाख रूपैयाँमा अटोमेटिकल पेस्तोल र त्यसमा लाग्ने ६ थान गोली उपलब्ध गराएको खुलेपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिइएको छ ।
संगठित रूपमा आपराधिक समूह स्थापना गरी विराटनगरलाई आपराधिक कार्यको स्थल बनाई व्यापारीसित रकम असुल्ने गिरोहका मुख्य नाइके मोरङ कटहरी २ आर्दशनगरका २७ वर्षीय रायलाई पेस्तोल र गोली उपब्ध गराएको खुलेको छ ।

पक्राउ परेका महतोलाई अदालतमा बिहीबार म्याद थप गरि अनुसन्धान सुरू गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
गुट्खा, कपडा, चालम, तेलको डिलर संचालन गर्ने विराटनगरका व्यापारीलाई २५ असारमा ज्यान मार्ने धम्की दिएर १० लाख रुपैयाँ मागेको मध्ये ती व्यापारीले दुई पटक गरि पाँच लाख रुपैयाँ दिएका थिए ।
व्यापारीबाट रकम असुलेपछि गिरोहका मुख्य नाइके अभिषेकले पेस्तोल उपलब्ध गराउने मेहतालाई १ लाख रुपैयाँ दिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । पक्राउ परेका समूहका मुख्य नाइके अभिषेशले मगाएको पेस्तोल र गोली विराटनगरको कोशी प्रोजेक्टबाट पेस्तोल रिसिभ गरेको प्रहरीले जनाएको छ ।

‘६ राउण्ड गोली खरिद गरेर ल्याएको मध्ये तीन राउण्ड गोली व्यापारीले सुरुमा रकम नदिएपछि मनोवैज्ञानि रूपमा तर्साउने उद्देश्यले विष्फोट गराएको देखिन्छ,’ अनुसन्धानमा संलग्न प्रहरीका अधिकृतले भने, ‘गिरोहले पैसा मागेका व्यापारीको घर आसपास र कम्पाउण्डमा उनीहरुलाई त्रसित बनाउने गोली पड्काउने गरेको पनि खुलेको छ । दुवै व्यापारीको घरको पर्खालमा पेस्तोलबाट गोलीले लागेको दाग अहिले पनि देखिन्छ ।’ प्रहरीले अहिले बरामद भएको पेस्तोल र गोली तथा यसअघि फेला परेको खोका परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउने भएको छ ।

विराटनगरका दुई जना व्यापारीलाई ज्यान मार्ने धम्की दिदै रकम असुल्ने समूहका मुख्य गिरोह सहित पाँच जनालाई पक्राउ गरी बुधबार नै सर्वजनिक गरिसकेको छ ।
प्रहरीले मोरङको कटहरी गाउँपालिका – २ आर्दशनगरका २६ वर्षिय किसन साह, सोही ठाउँका २८ वर्षिय एलेक्स भन्ने रविन शर्मा, २७ वर्षिय अभिषेक राय, सप्तरी बोदेबसाईन नगरपालिका ८ काचन बस्ने २७ वर्षिय नन्दु भन्ने नन्दकिशोर साह र भारतको बिहार राज्य सितामणी जिल्ला घर भइ विराटनगर जलजला मोडस्थित चाइना बजारमा कपडा पसलमा काम गर्ने २७ वर्षिय राजु साहलाई प्रहरीले सार्वजानिक गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्