छ वर्षीया बालिका सभ्यताको मुटुमा प्वाल, आर्थिक अभावले छट्पटाउँदै बाबु र आमा

छ वर्षीया बालिका सभ्यताको मुटुमा प्वाल, आर्थिक अभावले छट्पटाउँदै बाबु र आमा

रबिन्द्र बराल
विराटनगर । मोरङको रंगेली नगरपालिका १ जमुवाटोलमा वसोबास गर्दै आएका लाल किस्कुकी छोरी ६ वर्षीया छोरी सभ्यताको मुटुमा प्याल परेपछि आर्थिक अभावका कारण उपचार हुन नसकेको परिवारले गुनासो गरेका छन् ।

ढेडवर्ष अगाडीदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि सभ्यताको स्वास्थ्यमा बारम्बार खराबी आउने गरेको छ ।
आर्थिक अभावले राम्रो अस्पतालमा लैजान नसकेपनि विराटनगरमा वरिष्ठ नवाजात तथा बालरोग एवं बाल मुटु रोग विशेषज्ञ डा. मनोज कुमार श्रीवास्तवसँग ल्याएर स्वास्थ्य परीक्षण गराएको बुबा लालले बताउनुभयो ।

चिकित्सकले बच्चाको मुटुमा प्वाल भएको र काठमाडांै लगेर उपचार गर्नका लागि सुझाव दिएका छन् । तर, सामान्य आर्थिक अवस्था भएका कारण लालले सभ्यताको उपचार गराउन संभव नभएको गुनासो गर्नु भएको हो ।
लालले ८० वर्षीया आमा, श्रीमती, एक छोराको दैनिक आवश्यक गर्जोको व्यवस्थापन गर्नुपर्ने हुन्छ । छोरी सभ्यताको उपचारका लागि प्रशस्त सम्पति पनि छैन । जायजेथाको नाममा ढेड कठ्ठा जग्गामा सानो घर मात्रै हो ।

दैनिक ज्यालादारीबाट परिवारको गुजारा जोगाड लगाउँदै आएका किस्कु परिवारका सदस्य सामान्य विरामी मात्रै परेपनि उपचार गराउन संभव छैन । छोरीको उपचारका लागि अर्काको सहयोगको मात्रै भर छ ।

छोरीको उपचारका लागि लालले देश बिदेश मा रहेका नेपालीसँंग सहयोगको अपिल समेत गरेका छन् । केहि राहत र सहयोगका लागि रंगेली नगरपालिकाबाट सिफारिस समेत बनाएका लाललाई कति रकम सहयोग हुन्छ भन्ने ज्ञान समेत नभएको बताएका छन् ।
पैसा भए छोरीको उपचार गर्ने ईच्छा राखेका लालले आफ्नै नाममा श्री इन्भेष्टमेन्ट एण्ड फाइनाइन्स को.लि.विराटनगरमा खाता खोलेका छन् । सहयोगी मनहरुले श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स को.लि.विराटनगर खातानम्बर २०१२०१२०००१२७५२४ रकम जम्मा गरिदिन सक्ने गरि खाता सञ्चालनमा ल्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्