खुकुलो बन्दै गएको विराटनगरमा शुक्रबार ६० जनामा कोरोना संक्रमण

खुकुलो बन्दै गएको विराटनगरमा शुक्रबार ६० जनामा कोरोना संक्रमण

विराटनगर । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा खुकुलो बन्दै गईरहेको बेला विराटनगरमा शुक्रबार ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षा प्रोटोकल अपनाउँदै अपरान्ह ४ बजेसम्म बजार खुल्ला गर्ने निर्णय गरेको छ । तर, विराटनगरमा शुक्रबार ६० जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्रास भने उस्तै रहने देखिएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयकाअनुसार संक्रमित मध्ये २५ जना महिला र ३५ जना पुरुष विराटनगर महानगरका छन् । यो सँगै विराटनगरमा कोरोना संक्रमितको संख्या एक हजार १७० पुगेको हो ।
विराटगरमा शुक्रबार थपिएकामध्ये पाँचजनाको यकिन ठेगाना खुलेको छैन । सामाजिक विकास मन्त्रालयका अनुसार वडा नम्बर १, २, ८ र १० मा ७–७ जना, वडा नम्बर ३ मा २ जना, वडानम्बर ४ मा ५ जना, वडा नम्बर ५ ११ मा २ जना, १२ मा ४ जना र १५ मा ८ जनामा संक्रमण पुष्टि भएको छ ।

यद्यपी महानगरपालिका र सामाजिक विकास मन्त्रालयबीचको तथ्यांक मेल खाँदैन । महानगरले अहिलेसम्म सार्वजानिक गरेको तथ्यांकमा मन्त्रालयले जारि गरेको तथ्यांक भन्दा संक्रमित पुष्टि भएको संख्या न्यून देखाइएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्