झापाको घटना : आर्थिक लेनदेनका कारण छुराले घाँटी रेटी साथीको हत्या

<span class='c1'>झापाको घटना : आर्थिक लेनदेनका कारण</span> <span class='c2'>छुराले घाँटी रेटी साथीको हत्या</span>

लिला झापाली
बिर्तामोड, भदौ २० गते । चार दिनअघि शिवसताक्षी ११ का २८ वर्षीय गोमानसिंह मगरको हत्या आफ्नै साथीले आर्थिक कारोबारका कारण गरेको प्रहरीले सार्बजनिक गरेको छ । मगरको हत्यामा उनकै साथी शिवसताक्षी ८ का मनबहादुर लिम्बु संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ ।
गत भदौ १६ गते साँझ लिम्बूले गोमानसिंहको हत्या गरेको खुलेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक मगरलाई नयाँ नम्बरबाट फोन गरेर लिम्बूलाई भेट्न बोलाएका थिए । विदेशमा हुँदा पुरानो लेनदेन भएका कारण लिम्बूले नयाँ नम्बर प्रयोग गरेको प्रहरी अनुमान छ ।
प्रहरीका अनुसार मगर गत माघ महिनामा बहराइनबाट नेपाल आएका थिए । आरोपी लिम्बू पनि बहराइनबाट फर्किएका व्यक्ति हुन् । दुईजनाबीच लेनदेनको विवाद हत्यासम्म पुगेको देखिएको प्रहरीले जनाएको छ ।

लिम्बूले सो दिन साँझ ६ बजे घरबाट निस्किएका मगरलाई झिलझिले बजारमा भेटेको पाइएको छ । प्रदेश ०१–०१–०१२ प ५२२५ नम्बरको पल्सर मोटरसाइकलमा चढाएर उनले मगरलाई एक किलोमिटर उत्तरमा रहेको रतुवामाई वृक्षरोपण आयोजनाको जंगलतिर लगेको अनुसन्धानबाट खुलेको छ । हत्यापछि लिम्बु भोलिपल्ट बिहानै मृतकको घरमा समेत पुगेका थिए । उनले हराएका मगरलाई खोज्न समेत मद्धत गरेको स्थानीयको भनाई छ ।

पक्राउपछि लिम्बूले जंगलमा लगेरे छुराले घाँटी रेटेर मगरका हत्या गरेको स्वीकारेका छन् । प्रहरी बयानमा मगर र लिम्बूले प्रयोग गरेको गरी दुईवटा मोबाइल र हत्यामा प्रयोग भएको छुरा पानीमा फ्यालेको अवस्थामा भेटिएको छ । प्रहरी अधिकृतहरुका अनुसार बरामद मोबाइलसहित अन्य प्रमाणको प्राविधिक विश्लेषणले पनि घटनामा लिम्बूको संलग्नता पुष्टि भएको छ ।

झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाका अनुसार भने हत्यामा अन्य कारण पनि हुनसक्ने बताउँदै अनुसन्धान जारी रहेको बताउँनुभयो । प्रारम्भिक अनुसन्धानमा अपराधमा अन्य व्यक्ति पनि संलग्न हुनसक्ने आशंका गरिए पनि अनुसन्धानले पुष्टि नगरेको प्रहरीले जनाएको छ ।
प्रहरीले मगरको शव भेटिएलगत्तै अनुसन्धानका लागि प्रदेश नम्बर १ प्रहरी कार्यालयबाट तालिम प्राप्त ट्याकर कुकुर मगाएको थियो । जसले आरोपी राजमार्गतिर भागेको संकेत गरेको थियो । त्यसपछि भने कुकुर अलमलिएको प्रहरीले जनाएको छ ।
हत्या अभियोग स्वीकारेका लिम्बुलाई म्याद थप गरिएको प्रहरीले जनाएको छ । (गोरखापत्र)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्