विराटनगर । मोरङको सुनवर्सी–८ स्थित एरियाबाट नियन्त्रीत लागुऔषध सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनवर्सी–४ का १९ बर्षीय सन्जु गनगाई र सुनवर्सी–८ का १८ बर्षीय भीम कुमार मण्डल रहेका छन् ।
आइतबार बिहान को ४ प ९४६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा ६ बोतल इस्कुब र १९० गोटी ल्याब्रोरेट नामक प्रतिबन्धित औषधी फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेका दुबै जना उपर ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।