वीपीमा झापा कन्काईकी महिलाको मृत्यु

<span class='c1'>वीपीमा झापा कन्काईकी</span> <span class='c2'>महिलाको मृत्यु</span>

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापा कन्काई नगरपालिका–३ निवासी ४५ वर्षीया महिलाको मृत्यु भएको छ ।
मेची अस्पतालबाट रिफर भई वीपीको कोभिड अस्पतालमा उपचारतः महिलाको आइतबार १०ः४५ बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार कब्जियतको समस्या भएपछि मेची अस्पतालमा भर्ना गरिएकी महिलालाई २ दिनदेखि ज्वरो, श्वासप्रश्वास समस्या देखिएको थियो । स्वाब संकलन गरेर परीक्षण गर्दा वीपीमा कोरोना पोजेटिभ देखिएको हो ।

स्वास्थ्य समस्या जटिल भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएपनि आइतबार महिलाको मृत्यु भएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । वीपीमा महिलालाई भदौ १८ गते भर्ना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्