विराटनगरमा थप एकजनाको मृत्यु, प्रदेश १ मा मृत्यु हुने ४१ जना पुग्यो

विराटनगरमा थप एकजनाको मृत्यु, प्रदेश १ मा मृत्यु हुने ४१ जना पुग्यो

विराटनगर । विराटनगर–२ तीनपैनी चोकका ७० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल अस्पतालमा उपचारतः रहेको अवस्थामा शनिबार राती पुरुषको मृत्यु भएको हो ।

ज्वरो, खोकी र स्वासप्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका पुरुषको शनिबार ५ः३० बजे मृत्यु भएको थियो । मृत्युपछि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको हो ।

अस्पतालका सुपरिटेन्टडेन्ड डा.चुमनलाल दासका अनुसार पोजेटिभ आएपछि मृतकको शव आइतबार दिउँसो नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

यसैगरी आइतबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापाको कन्काई ३ की ४५ वर्षीया महिलाको बिहान १०ः४५ मा मृत्यु भएको थियो ।

यो सँगै आइतबारसम्म प्रदेश १ मा मृत्यु हुनेको संख्या ४१ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २९ रहेका छन् । अन्य १२ जना प्रदेश १ बाहिरका रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्