सुनसरीमा आइतबार ७८ जना संक्रमित थपिए, जसमध्ये ६१ जना नेपाली सेना

<span class='c1'>सुनसरीमा आइतबार ७८ जना संक्रमित थपिए,</span> <span class='c2'>जसमध्ये ६१ जना नेपाली सेना</span>

सुनसरी। सुनसरीको धरान उपमहानगरपालिकामा पछिल्लो २४ घण्टामा ७० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये धरानको फुस्रे आर्मी क्याम्पका ६१ जना सैनिक छन् ।

त्यस बाहेक इलाका प्रहरी कार्यालय धरानका २ प्रहरी र ६ जना विभिन्न अभियोगमा पक्राउ परेका थुनुवा छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब संकलनपछि गरिएको परीक्षणमा सुनसरीका ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

धरानमा मात्र कोरोना संक्रमितको संख्या २७५ पुगेको छ । आइतबार नै इटहरी उपमहानगरपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । इटहरीमा ५ जना महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सुनसरीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ९८० पुगेको छ । जसमध्ये ४१७ जना निको भएका छन् भने ६ जनाको मृत्यु भईसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्