कोशीमा कोरोना संक्रमित बृद्धको मृत्यु

<span class='c1'>कोशीमा कोरोना संक्रमित</span> <span class='c2'>बृद्धको मृत्यु</span>

विराटनगर । कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान ३ः१५ बजे मृत्यु भएको हो ।

उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार भदौ ११ गने संक्रमण पुष्टि भएका वृद्ध १० दिन होम आइसोलेसनमा बसेपछि स्वास्थ्यमा समस्ष थपिएर अस्पताल भर्ना हुनु भएको थियो ।

उच्च रक्तचापको समस्याबाट ग्रसित मृतक बृद्ध गत शनिबार कोभिड उपचार केन्द्रमा भर्ना गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले जानकारी दिनुभयो ।
प्रदेश १ मा हालसम्म ४२ जनाको मृत्यु भईसकेको छ । जसमध्ये प्रदेश २ का १२ जना रहेका छन् । विराटनगरका १५ जनाले ज्यान गुमाइसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्