मालपोत र नापी कार्यालयको सेवा सुरु (हेर्नुहोस् कुन बार कुन क्षेत्रको हुन्छ जग्गा पास)

<span class='c1'>मालपोत र नापी कार्यालयको सेवा सुरु (हेर्नुहोस्</span> <span class='c2'>कुन बार कुन क्षेत्रको हुन्छ जग्गा पास)</span>

विराटनगर । भूमि सुधार तथा माालपोत कार्यालय मोरङ र नापी कार्यालयले आलोपालो गरेर सेवा प्रवाह सुरु भएको छ । सेवा क्षेत्र भित्रका साविक गा.वि.स र नगरपालिकाका आधारमा तालिका सार्वजानिक गरेर सेवा प्रवाह सुरु गरिएको हो ।

मालपोत कार्यालयले आइतबारका लागि साविकको हात्तिमुडा, पोखरीया, मोतिपुर, कटमाहा गाविसका सेवाग्राहीको जग्गा नामसारी (पास), दर्ता तथा रोक्काको काम गर्ने भएको छ । यसैगरी सोमबार साविक बखरी, सिध्राहा, झोराहाट, थलाहा गाविस, मंगलबार विराटनगर, सिसवनी बडहरा, अमाही र इक्राही, बुधबार टंकिसिनवारी, कटहरी, भौडाहा, तेतरिया र डंग्राहाका सेवाग्राहीले सेवा लिन पाउने छन् ।

यसैगरी बिहीबार कञ्चनबारी, बनिगामा, लखन्तरी, मझारे र भाथिगछ, शुक्रबार झापा बैजनाथपुर, दादरबैरीया, नोचा, सिसवनी जहदा र बुधनगरका सेवाग्राहीको सेवा सञ्चालन हुने भएको छ ।
सेवाग्राहीको आफ्नो धनिपूर्जामा उल्लेख भएको ठेगाना, मोठ, कित्ता नम्बरका आधारमा सेवाका लागि दिनहरुको तालिक सार्वजानिक गरिएको हो । तालिकाका आधारमा कार्यालय पुगेका सेवाग्राहीले सेवा लिन सक्नेछन् ।

नापी कार्यालयमा दुईजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मालपोतसँगै नापी कार्यालयको समेत सेवा अवरुद्ध भएको थियो । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेपछि सेवा समेत रोकिएको थियो । आइतबारदेखि सेवा पुनः सुचारु गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएपछि सेवाग्राही कार्यालयमा आउन थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्