रुखको हांगाले लागेर ६ बर्षीय बालकको मृत्यु, काका फरार

रुखको हांगाले लागेर ६ बर्षीय बालकको मृत्यु, काका फरार

विराटनगर । मोरङ धनपालथान–३ चेकाटोल बस्ने बिजय ऋषिदेबको ६ बर्षीय छोरा बसिकरण ऋषिदेबको रुखको हांगाले लागेर मृत्यु भएको छ ।
सोमबार दिउसो १२ बजे मृतक बालकका काका सुनिल ऋषिदेबले जंगलबाट रूखको हांगा ल्याई घरमा राख्ने क्रममा घरको आंगनमा खेलिरहेका बालकलाई एक्कासी लाग्दा उनि घाईते भएका थिए ।

घाईते बालकको कर्सिया अस्पतालमा उपचारको क्रममा दिउसो पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सुनिल ऋषिदेब तत्काल फरार रहेकोले उनको खोजी भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्