विराटनगर साँझ ७ बजेसम्म खुल्ला हुने (हेर्नुहोस् मोरङमा कुन–कुन व्यवसाय सञ्चालन गर्न पाइन्छ)

विराटनगर साँझ ७ बजेसम्म खुल्ला हुने (हेर्नुहोस् मोरङमा कुन–कुन व्यवसाय सञ्चालन गर्न पाइन्छ)

विराटनगर । मोरङमा निषेधाज्ञालाई यथावत् राख्दै साँझ ७ बजेसम्मका लागि व्यापार व्यवसाय सञ्चालन गर्ने निर्णय भएको छ । राती ९ बजेदेखि बिहान ५ बजेसम्मलाई हिँडडुलमा प्रतिबन्ध यथावत राख्दै साँझ ७ बजेसम्मलाई निषेधाज्ञा खुकुलो पारिएको हो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा दिनभरका लागि खुकुलो पारिएको छ । स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (३) अनुसार सैलुन, ब्यूटीपार्लर, गुद्री बजार, हटिया, सब्जीमण्डी, जिमखाना, कभर्ड हल बाहेक अन्य उद्योग, व्यवसाय तथा व्यापार खुल्ला गर्ने निर्णय गरिएको हो ।

सिटी रिक्सा सञ्चालनमा जोर बिजोर प्रणाली यथावत् राखिएको छ । दुईजनासम्म यात्रु राखेर जोर बिजोर प्रणालीका आधारमा सिटी रिक्साहरु सञ्चालन गर्न पाइने छ ।

उद्योग, व्यापार र व्यवसाय सञ्चालनका लागि सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई अनिवार्य पालन गर्न र गराउन जिल्ला प्रशासन कार्यालय मोरङले अनुरोध गरेको छ । कोभिड–१९ का कारण लामो समयदेखि लकडाउन भएका कारण जनजीवन अस्तव्यस्त भएको भन्दै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै निषेधाज्ञा भित्रै खुल्ला गरिने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्