झुठो विवरण दिएर नागरिकता बनाउन सघाउने वडाध्यक्ष कारागार चलान

<span class='c1'>झुठो विवरण दिएर नागरिकता बनाउन</span> <span class='c2'>सघाउने वडाध्यक्ष कारागार चलान</span>

किर्ते नागरिकता बनाउन सहयोग पुर्याएको आरोपमा तनहुँ जिल्ला अदालतबाट दोषी ठहर भएका भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्ल कैद भुक्तानका लागि कारागार चलान भएका छन् ।

विसं २०५४ मा साविक गजरकोट गाउँ विकास समिति–४ का अम्बरबहादुर थापाका छोरा राजुलाई सोही ठाउँका होमबहादुर थापाका छोरा भन्ने झुठो विवरण बनाई नागरिकताको प्रमाणपत्र निकाल्न सहयोग गरेको आरोपमा वडाध्यक्ष मल्ल आज कारागार चलान हुनुभएको हो । वडाध्यक्ष मल्ललाई प्रहरीले आजै पक्राउ गरेको थियो ।

जिल्ला अदालतका निमित्त श्रेस्तेदार जीवनकुमार पौडेलले मल्ललाई कैद भुक्तानका लागि कारागार चलान गरिएको जानकारी दिनुभयो । मल्लविरुद्ध जिल्ला अदालतले विसं २०५५ वैशाख २ गते दोषी ठहर गरी एक वर्ष कैदको फैसला सुनाएको थियो । अदालतको फैसलापछि पनि मल्ल पक्राउ पर्नुभएको थिएन । उहाँ नेपाली काङ्ग्रेसका तर्फबाट गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

वडाध्यक्ष मल्लविरुद्ध बेलायती सेनाका लाहुरे होमबहादुरलाई रु दुई लाख दिई राजुलाई उनको छोरा भनी जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र बनाउन सेटिङ मिलाएको आरोप लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्