इटहरी । इटहरी उपमहानगरले इटहरी अस्पताललाई दुई वटा एम्वुलेन्स हस्तान्तरण गरेको छ ।
इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरी अस्पताल संचालक समिति अध्यक्ष भूपेन्द्र वराललाई र उपमेयर लक्ष्मी गौतमले इटहरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा मनिश शर्मालाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।
इटहरीको स्वास्थ्य सेवालाई सहज वनाउन एम्बुलेन्स उपलब्ध गराइएको मेयर चौधरीले दावी गर्नुभयो । कोभिड संक्रमित विरामीलाई आइसोलेसन सम्म पुरयाउन तथा अस्पताल लैजान एम्वुलेसन्स प्रयोग गरिने प्रमुख चौधरीले वताउनुभयो ।
आवश्यक प्रक्रिया पूरा गरेर एम्वुलेन्स चाँडै प्रयोगमा ल्याइने अस्पताल संचालक समितिका अध्यक्ष भूपेन्द्र वरालले बताउनुभयो ।