प्रदेश १ का डीआईजी र्ईश्वरबाबु कार्कीमा कोरोना पुष्टि

प्रदेश १ का डीआईजी र्ईश्वरबाबु कार्कीमा कोरोना पुष्टि

विराटनगर । प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीलाई कोरोना पुष्टि भएको छ । प्रहरीले भने आधिकारिक रुपमा पुष्टि गरेको छैन । मंगलबार सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको संक्रमितको विवरणमा ५२ वर्षीय कार्कीको नाम पनि पोजेटिभको सूचीमा छ । ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनले सोमबार बिहान स्वाब परीक्षणका लागि दिएका थिए ।


प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट मंगलबार पोजेटिभ आएको हो । संक्रमण पुष्टि भएपछि कार्की प्रदेश प्रहरी कार्यालयको क्वार्टरमै आइसोलेसनमा बसेको बताइएको छ । तर यस विषयमा बुझ्न खोज्दा टेलिफोन नउठाएका कारण उनीसँग सम्पर्क हुन सकेन ।

विराटनगरकै बासिन्दा भए पनि उनले स्वाब परीक्षण गराउँदा विराटनगर महानगरपालिका–१६ भनेर ठेगाना टिपाएका छन् । उक्त ठेगाना उनी कार्यरत रहेको विराटनगरको रानीस्थित प्रदेश प्रहरी कार्यालयको हो ।

प्रदेश प्रहरीका प्रवक्ता डीएसपी सुमन तिमल्सिनाले डीआईजी कार्कीको रिपोर्ट पोजेटिभ आएको विषयमा आफूलाई जानकारी नभएको बताए ।
प्रदेश १ मा हालसम्म तीन सय ५५ जना नेपाल प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने २ सय २० जना कोरोना जित्दै डिस्चार्ज भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्