कोशी अस्पतालको आईसोलेसनमा भर्ना भएकी एक महिलाको मृत्यु

कोशी अस्पतालको आईसोलेसनमा भर्ना भएकी एक महिलाको मृत्यु

विराटनगर । कोशी अस्पताल विराटनगरको आईसोलेसनमा भर्ना भएकी एक महिलाको मृत्यु भएको छ । कानेपोखरी ६ की ३६ बर्षिय महिलाको मंगलबार अपाह्न्न ४ बजे मृत्यु भएको कोशी अस्पतालले जनाएको छ ।

२ दिन अगाडी ज्वरो आएको र औषधी खाएपछि पनि ज्वारो निको नभएपछि कोशी अस्पताल विराटनगरमा मंगलबार दिउँसो १२ बजे भर्ना गरिएको थियो ।
उनलाई स्वासप्रवासमा समेत समस्या देखिएपछि स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । तर, उनमा कोरोना संक्रमण नेगेटिभ देखिएको कोशी अस्पतालको कोभिड ईन्चार्ज लक्ष्मी नारायण यादवले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्