मगरको घरमा राष्ट्रिय युवा संघद्वारा शौचालय निर्माण

मगरको घरमा राष्ट्रिय युवा संघद्वारा शौचालय निर्माण

लेटाङ । राष्ट्रिय युवा संघ नेपाल लेटाङ नगर कमिटीले लेटाङ नगरमा फरक अभियान सुरु गरेको छ । सामाजिक कार्यमा युवालाई उत्तरदायी बनाउने उदेश्यले लेटाङ नगरपालिका वडा नम्बर ५ निवासी मान बहादुर मगरलाई शौचालय निर्माण गरी हस्तान्तरण गरिएको छ ।

आर्थिक अवस्था अत्यन्तै कमजोर हुनुका साथै दृष्टीबिहीन समेत रहेका मगरलाई शौचालय अभाव देखेपछी युवा संघ लेटाङ नगर सह संयोजक उर्गेन तामाङको नेतृत्वको युवाहरुको टोलीले आरसीसी ढलानयुक्त शौचालय निर्माण गरिदिएको हो ।

युवाहरुले शौचालय बनाई दिएपछि दृष्टीबिहीन मगरले युवाहरुप्रती धन्यवाद ब्यक्त गरे । युवाहरुलाई सामाजिक कार्यमा समेत जिम्मेवार बनाउदै आगामी दिनमा पनि यो अभियानलाई निरन्तरता दिने सहसंयोजक उर्गेन तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्