होटल आईसोलेशनबाट २० जना घर फर्किए, आकर्षण बढ्दै गएपनि क्षमता अनुसार भर्ना भएनन् संक्रमित

<span class='c1'>होटल आईसोलेशनबाट २० जना घर फर्किए, आकर्षण</span> <span class='c2'>बढ्दै गएपनि क्षमता अनुसार भर्ना भएनन् संक्रमित</span>

विराटनगर । अस्पताल भन्दा आरामदायी हुने भएपछि कोरोना संक्रमण पुष्टि भएकाहरुले होटल आईसोलेशनलाई रोज्न थालेका छन् । आफ्नै खर्चमा आईसोलेशन बस्न चाहनेहरुले होटल आईसोलेशनमा आरामदायी रुपमा बस्ने चाहना राख्ने गरेका हुन् ।

विराटनगरमा रहेको होटल एशियाटीकको आईसोलेशनमा मंगलबार सुनसरीका पाँचजनाले कोठा बुक गरेर आएको होटलका सञ्चालक पुण्य भट्टराईले जानकारी दिनुभयो । उनीहरु आफैं खर्च गरेर आरामदायी रुपमा बस्नका लागि एशियाटीकको होटल आईसोलेशनमा आएका सर्वसाधारण नागरिक हुन् ।

यस अगाडी समेत विराट मेडिकल कलेजको आईसोलेशनमा बसेका दुईजना दश दिनसम्म त्यहाँ बसेर होटल एशियाटीकमा सरेका थिए । दशदिनमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ नै आएपछि उनीहरु विराटबाट एशियाटीकमा सरेका थिए ।
विराटनगर बजारका उनीहरु ७ दिनसम्म एशियाटीकमा बसेर मंगलबार घर फर्केका छन् । ७९ वर्षीया बृद्धासहित १२ जनाकोे मंगलबार रिपोर्ट नेगेटिभ आएको थियो ।

एशियाटीकको होटल आईसोलेशनमा हालसम्म २० जनाले कोरोना जीतेका छन् । सञ्चालक भट्टराईका अनुसार आईसोलेशनमा सुनसरीका ५ जनासहित बसिरहेका ८ सहित १३ जना मात्रै रहेका छन् ।
एशियाटीकमा बस्नेहरुले दुईहजार ४५०, तीन हजार र चार हजारको प्याकेज रोज्न पाउने छन् । क्याविनमा बस्नेहरुले दैनिक चार हजार रुपैँया बुझाउनु पर्ने हुन्छ । होटलले ८ः३० बजे ब्रेक फास्ट, ११ः३० बजे बिहानको खाना, ३ बजे नास्ता, र ७ः३० बजे खाना उपलब्ध गराउँदै आएको छ । त्यस बाहेक दैनिक पाँच पटक हर्बल टि, एक पटक हट लेमन र बेलुका सुत्नु अगाडी बेसार मिसाएर दुध उपलब्ध गराउने गरिएको छ । होटलमा रहेका स्वास्थ्यकर्मीले आवश्यक अनुसार भिटामिनयुक्त औषधी उपलब्ध गराउने र दैनिक अक्सिजनको लेवल परीक्षण गर्दै आएका छन् ।
एशियाटीकका सञ्चालक भट्टराईले सेवा सुविधा राम्रो भएपनि होटलको क्षमता अनुसार बस्नेहरु भने नआएको गुनासो गर्नुभयो । अस्पताल छोडेर पनि आउनेहरु हुनुहुन्छ तर बेड क्षमता अनुसार भने अति न्यून संख्यामा मात्रै होटलको आईसोलेशनमा छन् ।

होटल एशियाटीकले ६५ बेडको आईसोलेशन स्थापना गरेको थियो । अहिलेसम्म २० बेड भन्दा बढी संख्यामा संक्रमित बसेका छैनन् । सुरुमा नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण र राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीहरु संक्रमित भएको अवस्थामा बस्नका लागि होटल बुक गरिएको थियो । तर, महानगर र सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा सर्वसाधारण नागरिकले ईच्छा राखेको अवस्थामा एशियाटीकको आईसोलेशनमा बस्न पाउने सुविधा रहेको छ ।

होटलमा मात्रै नभई विराटनगरका निजी अस्पताल विराट र न्यूरोले सञ्चालनमा ल्याएको आईसोलेशनमा समेत अहिले विरामीको चाप न्यून छ । दुई अस्पतालले सेवा सञ्चालनमा ल्याएपछि जुन आकर्षण थपिनु पर्ने थियो, त्यो भने अहिलेसम्म नदेखिएको हो ।


विरामीलाई सहज हुने आशाका साथ सञ्चालनमा ल्याइएका अस्पतालका आईसोलेशन भरिभराउ हुने अपेक्षा विपरित छिटपुट मात्रै संक्रमित भर्ना हुने गरेका छन् ।
निजी क्षेत्रको लगानीमा सञ्चालित आईसोलेशन खाली नै रहँदा विराटनगरको कृष्ण पार्टी प्यालेसमा समेत नयाँ आईसोलेशन सञ्चालनमा ल्याउने तयारी थालिएको छ । प्रदेश सरकारले कृष्ण पार्टी प्यालेसमा आईसोलेशन सञ्चालनमा लगानी गर्ने भएपछि यस अगाडी सञ्चालनमा आएका आईसोलेशन थप समस्यामा पर्ने भएका हुन् ।

व्यक्तिगत लगानीका आईसोलेशनमा बस्नेहरुले व्यक्तिगत रुपमै भुक्तानी गर्नुपर्ने र सरकारले सञ्चालनमा ल्याएको पार्टी प्यालेसको आईसोलेशनका लागि सरकारले खर्च व्यहोर्ने अवस्था आउने हो की भन्ने चिन्ताले निजी लगानीकर्ताहरु दोधारमा परेका छन् ।
उनीहरुले सरकारले बिरामीलाई भईरहेकै अस्पतालमा राखेर उनीहरुका लागि लाग्ने खर्च त्यहिं बुझाए मात्रै आईसोलेशन लामो समयसम्म सञ्चालन गर्न सकिने बताउँदै आएका हुन् ।

भईरहेकै आईसोलेशन खाली छन्, सरकारले अर्को पनि होटलमा आईसोलेशनका लागि लगानी गर्ने तयारी गरेको छ, एशियाटीकका सञ्चालक भट्टराईले भन्नुभयो–त्यहाँ गर्नुपर्ने खर्च भईरहेका आईसोलेशनमा गरे सरकारलाई नै सहज हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्