यसरी जितिन ८४ बर्षीया बृद्धाले कोरोना भाईरस

यसरी जितिन ८४ बर्षीया बृद्धाले कोरोना भाईरस

विराटनगर । बिराटनगर महानगरपालिका–१२ निवासी ८४ बर्षीया पुण्य प्रभा शर्माले आफूलाई कोरोना लागेको कुनै शंका गर्नु भएन ।
आफ्नै घरमा बस्नु भएकी उहाँको गत भदौ ७ गते स्वाब संकलन गरिएको थियो । भदौ १० गते पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । कन्ट्रयाक्ट ट्रेसिंङको आधारमा गरिएको स्वाब संकलन र परीक्षण गर्दा पोजेटिभ आएपनि उहाँ कतिपनि आत्तिनु भएन ।

पोजेटिभ रिपोर्ट आएपछि पनी होम क्वारेन्टाईनमै बस्नु भएकी उहाँले दृढ आत्मबिश्वास र उच्च मनोवलका कारण कोरोना भाईरस परास्त गर्न सफल भएको बताउनुभयो ।
प्रेसर र मुटु रोगको नियमित औषधी सेवन गर्दै आईरहनु भएकी शर्मा पहिला देखीनै हिडढुल गर्न समेत नसक्ने अवस्थामा हुनुहुन्थ्यो । तर, आत्मबिश्वासकै कारण कोरोना भाईरसलाई परास्त गर्न सफल भएको बताउनुहुन्छ ।

कारोना लागेको बिरामीलाई देखिने कुनै पनि लक्षण आफूलाई नदेखिएको र दैनिक जीवन असहज पनि नभएको उहाँले बताउनुभयो ।
ज्वरो आउने, रुँघा लाग्ने, पेट लाग्नेजस्ता कुनै पनि समस्या नभएपछि बृद्धा पुण्यलाई कोरोना संक्रमणकै कारण बाँचिन्न कि भन्ने कहिल्यै लागेन ।
‘कोरोना लागेर बाँचिन्न कि भन्ने मलाई लागेन, अरू रोगले भित्र गलेको रैछ भने छुट्टै कुरा,’ उहाँले भन्नुभयो–घर परिवार , आफन्तको सहयोग र हौसलाका साथसाथै आफूसँग बस्दै आएकी बुहारीको स्याहारले आराम भयो ।

परिवारको माया र घरमै उचित स्याहार सुसार गरेर निको पार्ने संकल्क गरिएको उहाँको भनाई छ । आफूजस्तै दीर्घरोगीलाई कोरोना लाग्यो भने बाँचिदैन भन्ने पनि सुनेको थिएँ तर गत २५ गते आफ्नो रिपोर्ट नेगेटिभ आएपछि कोरोना भाईरसलाई आफू जस्तो दिर्घ रोगिले पनि पूर्ण रुपमा जित्न सकिने उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्