धरानमा हिरासतका पाँचजना थुनुवासहित २१ मा संक्रमण

धरानमा हिरासतका पाँचजना थुनुवासहित २१ मा संक्रमण

सुनसरी । सुनसरीको धरानमा प्रहरी र हिरासतमा रहेका थुनुवासहित थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा इलाका प्रहरी कार्यालयका ५ जना थुनुवा र ४ जना प्रहरी छन् ।
थुनामा रहेका २९, २४, ३४, ३५, ४६ बर्षीय पुरुष तथा इलाका प्रहरी कार्यालयमा कार्यरत सई र ३ जना प्रहरी जवानमामा संक्रमण देखिएको हो ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार धरान ७ मा ब्रिटिश लाहुरे तालिम केन्द्रका २०,१९,२३ र २० बर्षका युवामा पनि कोरोना पुष्टि भएको छ ।

यस्तै धरान १५ का ४३ बर्षीय पुरुष, धरान ११ की ४४ बर्षीय महिला, धरान ४ का ३० बर्षीय परुष, धरान ६ की २७ बर्षीय महिला, धरान १३ का ४३ बर्षीय पुरुष, धरान १९ का २९ बर्षीय पुरुष र २४ बर्षीया महिला तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक जना सफाईकर्मीमा कोरोना पुष्टि भएको छ ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ११ पुगेको छ । संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्