विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनसरी रामधुनी–५ झुम्काका ४३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
शुक्रबार बिहान ११ः४५ बजे वीपीको आकस्मिक कक्षमा भर्ना गरिएका पुरुषको अपरान्ह ४ः३० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो ।
झुम्का कारागारका कैदी उहाँमा दश दिनदेखि ज्वरो आएपछि जिल्ला अस्पताल इनरुवामा भर्ना गरिएको थियो । पछिल्लो दशदिन यता हल्का ज्वरो आईरहेपनि पछिल्लो दुई दिनयता खोकी र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
भर्नापछि प्रतिष्ठानकै ल्याबमा शुक्रबार नै कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको उनमा दिर्घकालिन कुनै रोग देखिएको थिएन ।
मृतकको शव व्यवस्थापन नियमानुसार भईरहेको प्रतिष्ठानका प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।