रोटरी क्लब अफ बिराटनगर सेन्ट्रलद्वारा बिपन्न परिवारलाई सहयोग

<span class='c1'>रोटरी क्लब अफ बिराटनगर</span> <span class='c2'>सेन्ट्रलद्वारा बिपन्न परिवारलाई सहयोग</span>

विराटनगर । रोटरी क्लब अफ बिराटनगर सेन्ट्रलद्वारा बिपन्न परिवार लाई सहयोग गरिएको छ । बिराटनगर माहानगरपालिका र रङ्गेली नगरपालिका का ६० वटा ऋषिदेव परिवारलाई सहयोग गरिएको हो ।

लकडाउनको कारण आफ्नो रोजगारी पनि घुमेकोले बिहान बेलुका हात मुख जोर्ड्न गाह्रो भएको परिवारलाई सहयोग गरिएको क्लब कि अध्यक्ष सृजना रिजालले जानकारी दिइन ।

उक्त राहात सामाग्री मा १५ केजि चामल, १ केजि दाल, १ लिटर तेल, १ काटुन चाउचाउ , नुन, मसला लगाएत को खाद्यान्न सामाग्री बितरण गरिएको छ । उक्त कार्यक्रममा सृजना रिजाल, प्रीया सार्डा, शान्ता रिजाल, श्रुति शर्मा, शरिता शर्मा, अनिता डिवो, नम्रता रिजाल, श्रदा खतिवडा, दिपसिका सुवेदी, कुशुम कोइरला, खुस्बु सुब्बा लगाएत को उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्