कोरोना संक्रमणबाट विराटनगरमा १७ जनाको मृत्यु

<span class='c1'>कोरोना संक्रमणबाट विराटनगरमा</span> <span class='c2'>१७ जनाको मृत्यु</span>

विराटनगर । विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट शनिबारसम्म १७ जनाको मृत्यु भएको छ ।
विराटनगर ८ का पुरुषको शनिबार कोशी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएुसँगै प्रदेश १ को राजधानी विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको हो ।

प्रदेशभर अहिलेसम्म ४७ जनाको कोरोनाबाट मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार विराटनरसहित मोरङमा २७ जनाको मृत्यु भएको हो । जसमा बुढिगंगाका ४ जना, ग्रामथानका १ जना, धनपालधानका १ जना, रंगेलीका १ जना, सुन्दरहरैचाका १ जना, सुनवर्षीका १ जना र पथरी शनिश्चरेका १ जना छन् ।

त्यसैगरी सुनसरीका ६ जना, झापाका २ जना र प्रदेश २ का १२ जना रहेको प्रदेश सरकारको तथ्यांक छ । प्रदेश २ का संक्रमितको विराटनगर र धरानको अस्पतालमा मृत्यु भएको हो ।

शनिबार थपिएका ७७ कोरोना संक्रमण देखिएकोमा विराटनगरका मात्र ४६ छन् । विराटनगरका २१ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या १ हजार ३६४ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्