विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई कोरोना संक्रमण, पाँचदिन सेवा बन्द

<span class='c1'>विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई कोरोना</span> <span class='c2'>संक्रमण, पाँचदिन  सेवा बन्द</span>

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पोजेटिभ पुष्टि भएको छ । अधिकृत पोखरेलको शनिबार स्वाब संकलन गरेर परीक्षण गर्दा आइतबार रिपोर्ट पोजेटिभ आएको हो ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले प्रमुख प्रशासकीय अधिकृत पोखरेललाई कोरोना पोजेटिभ देखिएको पुष्टि गर्नु भएको छ । पोखरेललाई संक्रमण पुष्टि भएपछि महानगरका अधिकांश कर्मचारी होम आइसोलेसनमा बसेका छन् ।

महानगरको अत्यावश्यक बाहेकका सेवा ५ दिन बन्द गर्ने निर्णय गरिएको छ । यसअघि विराटनगर–२ का वडाध्यक्ष कुमार पोखरेल र विराटनगर–५ का वडाध्यक्ष मीनकुमार आचार्यलाई कोरोना देखिएको थियो ।

महानगरपालिका सामान्वय प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाका अनुसार जनप्रतिनिधि र कर्मचारीको नेतृत्व गर्ने प्रमुख प्रशासकिय अधिकृतमा समेत कोरोना संक्रमण पोजेटिभ देखिएपछि असोज २ गतेसम्मलाई अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो ।
विराटनगर २ का वडाध्यक्ष पोखरेललाई संक्रमण देखिनुअगाडि प्रशासकीय अधिकृत पोखरेल एउटै बैठकमा सहभागी हुनुहुन्थ्यो ।
विराटनगरमा आइतबार ३८ जना नयाँ संक्रमित थपिएका छन् । विराटनगरमा आइतबारसम्म १ हजार ४०२ जना संक्रमित पुगेका हुन् । जसमध्ये १७ जनाको मृत्यु भएको छ भने ३५० जना संक्रमणमुक्त भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्